काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा बल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड नियुक्त भएका छन् । उनलाई महिला टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल संघ (एन्फा)ले जानकारी दिएको हो ।
एन्फाले २०८२ वैशाख ८ गते प्रो लाइसन्स प्राप्त प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । आवेदनमा २१ वटा निवेदन परेका थिए । जसमा २ जना सटलिष्टमा परेका प्रशिक्षक मध्ये एन्फाले प्याट्रिकलाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।
नवनियुक्त मुख्य प्रशिक्षकलाई एन्फाका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । उनी प्रमुख प्रशिक्षक रहँदा हालसम्म महिला टिमको प्रशिक्षक रहेका राजेन्द्र तामाङ सहायक प्रशिक्षकको रुपमा टिममा रहनेछन् ।
६१ बर्षिय वाइल्डले यसअघि सोमालिया, रुवाण्डाका टिमको प्रशिक्षक रहेका थिए भने नेपालमा नेपाल सुपर लिग टिम काठमाडौं रेन्जर्सको समेत प्रशिक्षक रहेका थिए ।


















प्रतिक्रिया