२२ असार २०८३, सोमबार | July 6, 2026

राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा बेल्जियमका वाइल्ड नियुक्त



काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको प्रमुख प्रशिक्षकमा बल्जियन प्रशिक्षक प्याट्रिक डे वाइल्ड नियुक्त भएका छन् । उनलाई महिला टिमको प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको अखिल नेपाल संघ (एन्फा)ले जानकारी दिएको हो ।

एन्फाले २०८२ वैशाख ८ गते प्रो लाइसन्स प्राप्त प्रशिक्षकको लागि आवेदन माग गरेको थियो । आवेदनमा २१ वटा निवेदन परेका थिए । जसमा २ जना सटलिष्टमा परेका प्रशिक्षक मध्ये एन्फाले प्याट्रिकलाई महिला टिमको प्रशिक्षकको जिम्मेवारी सुम्पिएको हो ।

नवनियुक्त मुख्य प्रशिक्षकलाई एन्फाका महासचिव किरण राईले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् । उनी प्रमुख प्रशिक्षक रहँदा हालसम्म महिला टिमको प्रशिक्षक रहेका राजेन्द्र तामाङ सहायक प्रशिक्षकको रुपमा टिममा रहनेछन् ।

६१ बर्षिय वाइल्डले यसअघि सोमालिया, रुवाण्डाका टिमको प्रशिक्षक रहेका थिए भने नेपालमा नेपाल सुपर लिग टिम काठमाडौं रेन्जर्सको समेत प्रशिक्षक रहेका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  ५ : ३३ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज