१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

‘कसैलाई सुखै सुखको स्वर्ग, कसैलाई दुःखै दुःखको नर्क’



लेखक

२०५२ फागुन १ बाट ‘राज्यसत्ता बाहेक अरु सबै भ्रम हो’ भन्ने उद्घोषसहित नेकपा माओवादीले ‘जनयुद्ध’ प्रारम्भ गरेको थियो । ‘प्रतिक्रियावादी सत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ’ भन्ने मूल नारा रहेको ‘जनयुद्ध’को ३ प्रमुख लक्ष्य ‘सशस्त्र संघर्षको राजनीति स्थापित गर्ने, संगठनको मुख्य रूप फौजी एवं संघर्षको मुख्य रूप युद्ध हो ’ भन्ने मूल नाराका साथ जनयुद्धको सुरुवात भएको थियो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकासँग सम्बन्धित ४० सूत्रीय मागपत्र नै व्यवहारतः जनयुद्धकाल र शान्ति प्रक्रियासम्म पनि समग्र आन्दोलनको आधारपत्र रह्यो  । नेपालमा जनसंविधान, संघीयता र गणतन्त्रको माग गर्दै नेकपा (माओवादी) ले जनयुद्ध नगरेको भए देशमा परिवर्तन सम्भवै थिएन ।

भुल्न नसकिने परिघटना
माओवादी जनयुद्धका इतिहास (रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैँक कब्जा गरेको थियो । २०५२ फागुन ६ गते नेकपा माओवादीका महामन्त्री प्रचण्डले एक प्रेस वक्तव्यमार्फत् ती कार्वाहीको जिम्मेवारी स्वीकार गरेका थिए । २०५२फागुन १४ गते गोरखामा प्रहरीद्वारा १४ वर्षीय बालक दिलबहादुर रम्तेलको गोली हानी हत्या गर्यो ।

२०५२ फागुन १५ रुकुमको पीपलमा छ जना खत्री बन्धुहरूको प्रहरीद्वारा हत्या गरिएको थियो । २०५७ फागुनमा नेकपा माओवादीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न , प्रचण्डपथ पारित ,अध्यक्षमा प्रचण्ड निर्वाचित , दक्षिण एसियाली माओवादी कम्युनिष्टहरुको फेडेरेसन (कम्पोसा)को अवधारणा पारित , ‘आधार इलाका र स्थानीय सत्ता सुदृढ र विस्तार गरौँं ! केन्द्रीय जनसरकार निर्माणको दिशामा अघि बढौँ !’ भन्ने मूल नारा तय गरिएको थियो १

२०५७ असार २८ गते रोल्पाको होलेरी चौकीमाथि सबेरै आक्रमण गरी ६९ प्रहरी कब्जा, शाहीसेनाको परिचालन प्रयास , २०५८ जेठ १९ गते दरबार हत्याकाण्ड, वीरेन्द्रको पूरै वंशनास । २०५८जेठ २० गते माओवादी अध्यक्ष प्रचण्डद्वारा राजतन्त्रको अन्त्य भएको घोषणा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि जोड, २०५९ साल असार २ गते माओवादी केन्द्रीय सदस्य रीतबहादुर खड्काको रौतहटमा हत्या माओवादी इतिहासका भुल्न नसकिने परिघटना हुन ।

भारतीय शासकद्वारा अखिल भारत नेपाली एकता समाजलाई पोटा बीजेपी सरकारले असार २८ गते दिल्लीबाट गिरफ्तार गरेएका पत्रकार महेश्वर दाहाल, पार्थ क्षेत्री , वामदेव क्षेत्रीसहित नेतृत्वलाई व्यापक विरोधका बाबजुद भारतीय शासकले पहिलोपटक नेपाललाई औपचारिक सुपुर्दगी गरेका थिए ।

२०५९भदौ २३ गते अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र सिन्धुलीको भिमानमा रहेको इप्रका कब्जा गरेको थियो । असोज १७ गते संसदवादी दलहरूद्वारा चुनाव एक वर्षपछि सार्न राजासमक्ष विन्ती गरेका थिए । असोज १८ गते तत्कालिन राजा ज्ञानेन्द्रद्वारा देउवा सरकारलाई अक्षम घोषणा गर्दै कार्यकारिणी अधिकार कब्जा गरेका थिए । २०६१ माघ १९ गते ज्ञानेन्द्रले औपचारिक रुपमा सत्ता कब्जा गरेर निरंकुशता लादेपछि तत्कालिन संसदवादी दलहरु सडकमा पुगेका थिए । त्यसपछि नै संसदवादी दलहरु र माओवादीबीच सम्वादको सुत्र खोजी सुरु भएको थियो ।

२०६२ मंसिर ७ गते १२ बुँदे समझदारी भएपछि चैत्र २४ गतेबाट ऐतिहासिक दोस्रो जनआन्दोलनको सुरुवात भयो । २०६३ बैशाख ११ गते ज्ञानेन्द्रले सत्ता त्याग्न बाध्य बने । २०६३ असार २ गते वालुवाटारमा माओवादी अध्यक्ष प्रचण्ड र नेता बाबुराम भट्टराई सार्वजनिक भएसँगै गरिएको सहमतिले अन्तरिम संविधान लेखनको प्रक्रिया अघि बढ्यो ।

२०६३ मङ्सिर ५ गते तत्कालिन सरकारका तर्फबाट प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच १० बुँदे ऐतिहासिक विस्तृत सम्झौता भै १० वर्षे माओवादी जनयुद्धको औपचारिक समाप्तिको घोषणा गरियो ।

आजको वास्तविकता
आज शान्ति सम्झौता सम्पन्न भएको दुई दशक बितिसक्दा पनि हाम्रा दाजुभाइ दिदीबहिनीहरु रोजगारीका लागि खाडी जाने क्रम रोकिएको छैन, बरु झन बढेको छ। स्वयम् माओवादी पूर्व लडाकूहरु ७० प्रतिशतभन्दा बढी खाडी र भारतमा पलायन हुन बाध्य छन्। माओवादी युद्धमा सामेल धेरै युवाको भविष्य उजाडिएको छ। उनका आफन्तहरुले र विरोधीहरुले उनीहरुलाई खुचिङ भनिरहेका छन्। माओवादी जनयुद्धमा लागेका नेतृत्वलाई कसैलाई सुखै सुखको स्वर्ग छ, कसैलाई दुःखै दुःखको नर्क छ।

त्यसो त, माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो । १० वर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो । सशस्त्र विद्रोहको १० वर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो थियो । आज पनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् । द्वन्द्वपीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते अपाङ छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाइरहेको छ ।

अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्वारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दुई दशक भन्दा बढी भइसक्यो । माओवादी नेताहरू मुक्ति या मृत्युको सपथ खाएर शिरमा रातो कफन बाँधी हिडेका थिए ! हजारौ शोषित, पीडित नेपाली जनताका छोराछोरीहरू ‘जातीय मुक्ति विना वर्गीय मुक्ति असम्भव छ’ भन्ने नारामा समाहित भएका थिए । नेपालका बहुसंख्यक उत्पिडित् आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, सिमान्तकृत समुदाय, पिछडावर्ग र लाखौ भूमिहिन सुकुम्बासीहरू माओवादी जनयुद्ध लागेका थिए ।

नेपाली समाजमा सामन्तवाद र साम्राज्यवादका विरुद्ध आमुल परिवर्तनको लागि भएको माओवादी जनयुद्धमा नेपाली जनताका हजारौं सर्वोत्तम छोराछोरीले आफुलाई सचेततापुर्वक वलिदान गरे। सयौं योद्धाहरु प्रतिक्रियावादी सत्ताद्वारा वेपत्ता बनाईए। हजारौं योद्धाहरु घाईते र अँगभँग भएर कष्टकर जीवन बिताईरहेका छन्।

जनयुद्धमा राज्यद्वारा वेपत्ता पारिएका छन । जनयुद्धको पहिलो शहीद गोरखाका ११ वर्षीय बाल विद्यार्थी दिलबहादुर रम्तेल बन्न पुगेका थिए।

२०५६ भाद्र २३ गते महान् जनयुद्धको क्रममा उच्च सहादात प्राप्त गर्नु हुने तत्कालीन नेकपा माओवादीका पोलिटव्यूरो सदस्य कमरेड सुरेश वाग्ले मगर र गोर्खा जिल्ला पार्टी सचिव कमरेड भिमसेन पोखरेल कमरेड, कृष्णसेन इच्छुक, महान जनयुद्धको क्रममा २०६२ बैशाख १४गते गोविन्द बहादुर पाण्डे (क. विगुल), अर्घाखाँची लगायत देशभर विद्यार्थी नेताहरु महिला नेतृहरू हजारौं नेता कार्यकर्ताको कायरतापुर्वक हत्या गरियो थियो ।

हजारौं नेता कार्यकर्ताहरू क. दण्डपाणी न्यौपाने (दिपेन्द्र शर्मा) लाई २०५६ जेठ ७ गते काठमाडौंबाट गिरफ्तार गरी वेपत्ता बनाएको थियो तत्कालिन प्रतिक्रियावादी सरकारले ।

महान् जनयुद्धको दौरान योद्धाहरुले वलिदानको अद्वीतिय कोटा चुक्ता गरे। जो नेपालको राजनैतिक इतिहासमा स्वर्णिम अक्षरले रेखांकित भैसकेको छ। जनयुद्धका महान शहीदहरूप्रति उच्च सम्मान प्रकट गर्न चाहन्छु ।

माओवादी जनयुद्ध लडाईंंको अग्रपंक्तिमा महिला सहभागिताले समग्र क्रान्तिको सफलता, असफलताको निर्धारण गर्छ भन्ने लेनिनवादी मान्यता थियो । यही धारणाको बलमा माओवादीले राजनीतिक र सांगठनिक कार्यकर्ताका अलावा सैन्य दस्तामा समेत महिलाको सहभागिता गरेको थियो । अझ कतिपय आक्रमणमा त उनीहरु पुरुषभन्दा अगाडि बढेर लडेका थिए ।

७ चैत २०६० को म्याग्दी सदरमुकाम बेनी आक्रमणमा महिला लडाकुले अग्रपंक्तिमै रहेर लडेका थिए । बेनी आक्रमणमा सामेल मंगलसेन पहिलो ब्रिगेडका महिला छापामारले बेनीमा रातभरिको भिडन्तमा पुरुषभन्दा महिला छापामार लामो समय टिकेका थिए ।१० वर्षे जनयुद्धमा नेपाली इतिहासमै सबैभन्दा धेरै महिला सहभागी भएको क्रान्ति हो ।

अनुत्तरित प्रश्न
माओवादी जनयुद्ध सुरु भएको साढे दुई दशक पुग्दा हामीले अझै पनि केही केन्द्रीय प्रश्नको खास जवाफ प्राप्त गर्न सकेका छैनौं— माओवादी जनयुद्ध के थियो ? यो सामाजिक आन्दोलन थियो वा ‘राजनीतिक–आर्थिक उद्यम’को उपज थियो ? जनयुद्धका कारण देशमा भएका भनिएका परिवर्तनबाट सामाजिक शक्ति सम्बन्धमा खास परिवर्तन आएका छन् कि छैनन् ? गणतन्त्र, संघीयता र समावेशिताजस्ता जनयुद्ध निःसृत उपलब्धिले नेपाली जनताको जीवनमा खास कुनै परिवर्तन ल्याउन सकेका छन् कि छैनन् ? गम्भीर प्रश्न कायमै छन् ।

माओवादी जनयुद्धमा कमरेड प्रचण्डको नेतृत्वमा डाक्टर बाबुराम भट्टराई , मोहन वैद्य किरण, रामबहादुर थापा बादल, नेत्र बिक्रम चन्द, विप्लप, कृष्ण बहादुर महरा , टोपबहादुर रायमाझी जनादर्न शर्मा प्रभाकर, बर्षमान पुन, पम्फा भुसाल, नन्द किशोर पुन पासाङ, देव गुरुङ, राम कार्की, दीनानाथ शर्मा, लेखराज भट्ट हिसिला यमि लगायतको कुशल नेतृत्वले मेचीदेखि महाकालीसम्म र हिमाल, पहाड, भारत प्रवासका नेतृत्वदेखि तराईसम्मका लाखौँलाख योद्धा र जनसमुदायका रगत, पसिना र आँसुले १० वर्षसम्म लेखेको इतिहास थियो ।

जनयुद्ध  कतिपयले दुस्प्रचार गरेझैँ जनयुद्ध कुनै लहड वा आवेगमा सुरु गरिएको थिएन । जनयुद्ध कुनै केटाकेटीको खेल थिएन । संभव भएसम्म आफू बँच्दै जनताको बीचमा चेतना छर्दै सामन्ती राज्यसत्ता ढलाउनका लागि लड्दै जाने र संभव नभएमा आफूलाई बलिदान गरेर भए पनि पार्टी र क्रान्तिलाई जोगाएका महान योद्धाहरुको रगत, पसिना र आँशुले लेखिएको वीरताको इतिहास थियो ।

माओवादी जनयुद्ध विषयमा यो आजको बहसको विषय हो पक्कै पनि राजनीतिक र सैद्धान्तिक हिसाबले केहि व्यक्ति विशेष, पार्टीलाई जनयुद्ध मनाउने कुनै अधिकार छैन, किनकि जनयुद्धलाई सिध्याउन दिलो ज्यान दिएर लाग्नेहरुलाई जनयुद्ध दिवस मनाउने हैसियत हुँदैन । त्यो हाम्रो लागि स्वीकार्य हुन सक्दैन । जनयुद्धमा लगानी हुने र जनयुद्धका सपना लक्ष्य प्राप्ति को निम्ति निरन्तर संघर्ष गर्ने बाहेक अरु कसैलाई पनि जनयुद्ध मनाउने अधिकार छैन ।

जनयुद्ध दिवस भट्टी पसलमा मनाउने कुरा होइन, नत कुनै महलमा बसेर मनाउने कुरा हो । यो संघर्षको मैदानमा जनताको झुपडीमा मनाउने कुरा हो । तसर्थ सुकुम्बासी बस्तीमा डोजर र प्रहरी लाउने दलालहरुले जनयुद्ध दिवस मनाउन मिल्दैन र भ्रष्ट दलाल कमिसनखोर कालाबजारी राष्ट्रघाती विदेशी एजेन्डहरुले जनयुद्ध दिवस मनाउनु भनेको जनयुद्धको मुल्य मर्यादा गरिमा उद्देश्य माथि वलात्कार गर्नु हो ।

०४७ सालमा बनेको राजतन्त्रात्मक, एकात्मक, धर्मसापेक्ष संविधानको छत्रछायामा रमाइरहेका कांग्रेस र एमालेसमेत अन्ततः संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा सामेल हुनु जनयुद्धकै परिणाम हो । माओवादी जनयुद्धको बलले नै राजतन्त्र निर्मुल गर्न सफल भएको हो, त्यसैले नेपालको राजनीतिक, सामाजिक रूपान्तरणमा जनयुद्धको भूमिका ऐतिहासिक रहेको तथ्यलाई सबैले स्वीकार्नैपर्छ ।

देशमा नयाँ संविधान निमार्ण भयो। वामपन्थी कम्युनिष्ट पार्टीलाई दुईतिहाई जनमत प्राप्त भयो। अहिले तीन तहका सरकार कम्युनिष्ट पार्टीका छन्। शान्ति, विकास र सामाजिक न्याय सहितको समृद्धि कम्युनिष्ट पार्टी र सरकारको एजेन्डा हुन। पार्टी, सरकार र नेतृत्व आज जुन स्थानमा छ, त्यसको मुख्य देन भनेकै जनयुद्ध र जनआन्दोलनका शहिद र वेपत्ता योद्धाहरुको हो र घाईते योद्धाहरुको हो भन्नेमा दुईमत छैन।

क्रान्ति पूरा भइसक्यो, योभन्दा बढी केही गर्न सकिन्न भन्दै पुरानै सडगलेको सङ्ग मिसिएर बाँडिचुँडी खाने नेतृत्वको धार ‘कम्युनिस्ट’ खोल ओडे पनि वस्तुतः विसर्जनवादी, पश्चगामी धार हुन सक्छ । त्यसैले, जनयुद्धका मूल मान्यता र उपलब्धि जोगाउँदै पूर्व माओवादी नेतृत्वको अलगअलग गुट पार्टी समूह होइन की नयाँ विचार निर्माण गर्दै एकता गर्दै माओवादी आन्दोलन र पार्टीलाई नयाँ युगको आवश्यकता अनुसार नयाँ समाजवादी आन्दोलनमा रूपान्तरण गर्न आवश्यक छ । ख्याल राखौँ– बाघ बुढो भए पनि घाँस कहिल्यै खाँदैन ।

(लेखक खड्काले यो लेख माओवादीका तत्कालिन पोलिटव्यूरो सदस्य सुरेश वाग्ले ‘वासु’को शहादत दिवसको अवसर पारेर तयार गरेका हुन् । )

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ३ : ३६ बजे

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एसियाली विकास बैंक (एडिबी)

कृषि मन्त्रालयका सहसचिव बर्खास्त

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. कमलराज