२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने



बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने भएको छ । बुटवल उपमहानगरपालिकाको मुखपत्र बुटवल दर्पणको विमोचन कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारलाई प्राथमिकता दिने बताए ।

उनले बुटवललाई शिक्षा, स्वास्थ्यमा अब्बल शहर बनाउँदै सीप तथा रोजगारका क्षेत्रमा पर्याप्त अवसर सिर्जना हुने गरी बजेट निर्माण गर्ने बताए । उनले बुटवललाई समृद्ध बनाउनका लागि बुटवल उपमहानगरपालिकाको एक्लो प्रयासले मात्रै सम्भव नहुने बताए। ‘स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्था र सबै नगरबासीको उत्तिकै दायित्व रहन्छ, उनले भने-यसमा नगरले सधै सबैको साथ र सहयोगको अपेक्षा गर्दै आएको छ ।’

उनले तीन वर्षको अवधिमा भएगरेका कामहरुको समीक्षा गर्दै बाँकी अवधिमा बुटवलको हित र पक्षमा काम गर्ने बताए । ‘हामीले कार्यभार सम्हालेको ३ वर्षको समीक्षा गर्दै बाँकी अवधिमा पनि बुटवललाई सबल र समृद्ध बनाउने गरी काम गर्ने छौं, उनले भने-यसमा सबैको साथको जरुरी छ ।’

प्रमुख पाण्डेयले विकास निर्माणका काममा संघ, प्रदेश र स्थानीय सरकारको सहकार्य र समन्वय जरुरी रहने भएकाले बुटवलको विकासमा सबैको उत्तिकै भूमिका रहने बताए । ‘नभएका काममा मात्रै बुटवलले गरेन भन्ने तर जे जति काम भएका छन् त्यसमा बुटवलको भूमिकै छैन जसरी विचार निर्माण गर्न भएन, उनले भने-बुटवलले आफ्नो तर्फबाट गर्ने काममा सधै प्राथमिकता दिएको छ ।’ ३ वर्षको कार्यकालका मुख्य मुख्य उपलब्धिहरुलाई समेटेर बुटवल दर्पण प्रकाशन गरेको बताउँदै उनले चालु आर्थिक वर्षमा जारी रहेका कामहरुको विवरण असार मसान्तपछि मात्रै थप गरेर प्रकाशन गर्ने बताए । उनले बुटवललाई समृद्ध बनाउनका लागि सबै पक्ष र क्षेत्रको साथ र सहयोगको अपेक्षा र सुझावको खाँचो रहेको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध र सबल शहरका रुपमा स्थापित गर्नका लागि सबैको भूमिका आवश्यक पर्ने बताइन् । उनले बुटवललाई शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारका क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक कामहरु भइरहेको र त्यसलाई अझ परिस्कृत गर्दै लैजाने बताइन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ४ : ३७ बजे

बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय

काठमाडौ । रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट अवरुद्ध विद्युत् जडान

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ