१७ माघ २०८२, शनिबार | January 31, 2026

कोरोना संक्रमणबाट पोखरामा थप एक जना महिलाको मृत्यु



पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप एक जना महिलाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका वडा नं १० निवासी ७३ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

गत भाद्र २२ गते कोरोना संक्रमण पुष्टि भइ प्रतिष्ठानको कोभिड (१९ उपचार केन्द्रको आइसीयु कक्षमा उपचाररत ती महिलाको मंगलबार दिउँसो ३स्५० बजेको समयमा उपचारको क्रममा मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले जानकारी दिए ।

उनी बिरामी भएपछि पोखराकै मेडिप्लस अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई कोरोना संक्रमण भएको आशंकामा अस्पतालका चिकित्सकले स्वाब परीक्षण गर्न पठाएको थियो ।

कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई सोमबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको पोखरा महानगरका स्वास्थ्य अधिकृत हरिलाल आचार्यले बताए ।

हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भइसकेको छ । त्यसमध्ये कास्कीका ७ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ८ : २७ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक