४ पुस २०८२, शुक्रबार | December 19, 2025

एकाबिहानै तातोपानी कुण्डमा ‘डुबुल्की’ मार्दै अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।

पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए ।

आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको  उनको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्ड आजै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित श्री ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालय अवलोकन गरेका छन् । उनले त्यहाँका शिक्षक तथा अभिभावकलाई संक्षिप्त सम्बोधन समेत गरे । यो विद्यालय अन्नपूर्ण गाउँपालिकाको पहिलो नमुना विद्यालय हो ।

अध्यक्ष प्रचण्डले मुस्ताङ र चीनको सिमाना कोराला नाकासंग कालिगण्डकी करिडोरको अवस्था र यस क्षेत्रको सम्भावना बारे जानकारी लिन स्थलमार्ग हुँदै आएको जानकारी दिए ।

प्रचण्ड आजै हिमालपारीको जिल्ला मुस्ताङ प्रवेश गरेका छन् । यहाँ पार्टी अध्यक्ष प्रचण्डलाई माओवादीका जिल्ला अध्यक्ष, स्थानीय नेताकार्यकर्ता, प्रमुख जिल्ला अधिकारी ल्गायतले स्वागत गरेका थिए । त्यस अवसरमा उनले लेते छ्या जोड्ने पुलको अनुगमन पनि गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १० : २८ बजे

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी