९ पुस २०८२, बुधबार | December 25, 2025

राजा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन



काठमाडौं । ललितपुरको मंगलबजारस्थीत पाटन दरबार क्षेत्रमा श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन गरिएको छ । नेवार परम्परा अनुसार वर्षको सबैभन्दा लामो दिन बुधबार ज्येष्ठ शुक्ल पूर्णिमा (ज्यापुन्हि)का अवसरमा मल्ल राजा श्रीनिवास मल्लको सिंहासन प्रदर्शनमा राखिएको हो ।

हरेक वर्षको जेष्ठ शुक्ल पूर्णिमा अर्थात् ज्याः पूह्नीका दिन मङ्गलबजारमा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिएका छन् ।

यस दिन दरबार क्षेत्रमा मल्ल राजा सिद्धिनरसिंह मल्लको पौभाः र उनका छोरा श्रीनिवास मल्लको सिंहासन प्रदर्शन गर्ने परम्परा लामो समयदेखि रहदै आएको उनले बताए ।

सिंहासन प्रदर्शनसँगै सङ्गीत महोत्सव आयोजना गरिएको छ । झण्डै ४ सय वर्ष अघिदेखि अर्थात् सिद्धि नरसिंह मल्लको पाला देखि जेष्ठ शुक्ल पूर्णिमाका दिन सङ्गीत महोत्सव गर्ने चलन रहिआएको छ । सङ्गीत महोत्सवमा राजा सिद्धिनरसिंह मल्लले तयार पार्नु भएको राग मल्हार सहित ३१ वटा राग गाउने गरिन्छ । अरु दिन भने सिंहासन र पौभाः पाटन म्युजियम भित्र सुरक्षित तरिकाले राख्ने गरिएको अध्यक्ष चित्रकारले बताएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  २ : ०८ बजे

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

बुटवल उपमहानगरपालिकाको १८ औँ नगरसभा अधिवेशन सम्पन्न, सात प्रस्ताव सर्वसम्मत पारित

बुटवल । बुटवल उपमहानगरपालिका नगरसभाको १८ औँ अधिवेशन बुधबार सम्पन्न

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव-बाघ द्वन्द्व

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना