१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

अहमदावाद विमान दुर्घटनामा कोही जीवित भेटिने आशा क्षीण : प्रहरी



अहमदावाद । बिहीबार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको विश्वास गरिएको छ ।

“अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध र दुःखी बनाएको छ । एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमा नै दुर्घटनाग्रस्त भएको हृदयविदारक घटनाले विश्वलाई नै स्तब्ध बनाएको छ,” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन ।

अहमदावाद शहरका प्रहरी आयुक्त जीएस मलिकले एएफपीसँग भने, “दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएको छैन ।” उनले भने, “विमान आवासीय र केही कार्यालय भएको क्षेत्रमा खसेकाले हताहत हुनेको सङ्ख्या पनि बढी हुन सक्छ ।”

घटनाबारे जानकारी दिने आफू आधिकारिक व्यक्ति नभएको बताउँदै नाम नबताउने शर्तमा एक स्थानीयले भने, “हाम्रो कार्यालय विमान दुर्घटना भएको भवन नजिकै छ। हामीले भवनका मानिसहरूलाई हामफालेर आफूलाई बचाउन दोस्रो र तेस्रो तल्लाबाट हामफालेको देखेका छौँ । विमानमा आगो लागेको स्पष्ट देखिन्थ्यो ।”

विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २४२ जना सवार रहेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एयर इन्डियाका अनुसार लण्डन ग्याटविकका लागि उडेको विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली यात्रु सवार थिए ।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले दुर्घटनाका दृश्यहरू ‘विनाशकारी’ देखिएको ‘गहिरो शोकको घडीमा’ पीडित यात्रु र उनीहरूका परिवारहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी एक सन्देशमा भनेका छन ।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो ।

भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादमा करिब ८० लाख मानिसको बसोबास छ र व्यस्त विमानस्थल घना बस्तीले घेरिएको छ । स्थानीय पुनम पटनीले एएफपीसँग भने, “जब हामी घटनास्थलमा पुग्यौँ त्यहाँ धेरै शवहरू थिए र अग्निनियन्त्रकहरूले आगो निभाइरहेका थिए ।”

“धेरै शव जलेर चिन्न नसकिने अवस्थामा भेटिएका छन्,” उनले भने । भारतको राष्ट्रिय सुरक्षा निकाय ‘सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स’ले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिएको छ ।

विमान अहमदाबादको सिभिल अस्पताल र शहरको ‘हर्स क्याम्प’ नजिकैको क्षेत्रमा खसेको थियो ।

Firefighters work at the site of an airplane that crashed in India’s northwestern city of Ahmedabad in Gujarat state, Thursday, June 12, 2025. (AP Photo/Ajit Solanki)
Rescuers carry the body of a victim from the site of an airplane that crashed in India’s northwestern city of Ahmedabad in Gujarat state, Thursday, June 12, 2025. (AP Photo/Ajit Solanki)
Rescuers work at the site of an airplane that crashed in India’s northwestern city of Ahmedabad in Gujarat state, Thursday, June 12, 2025. (AP Photo/Ajit Solanki)

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ७ : १७ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट