११ जेष्ठ २०८३, सोमबार | May 25, 2026

अभिनेत्री करिश्मा कपुरका पूर्व पतिको निधन



मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ । सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका कारण निधन भएको हो ।

उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन् । दिवंगत सञ्जय कपूरका धेरै साथीहरूले सामाजिक सञ्जालमा उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । सुहेल सेठले सञ्जय कपुरको मृत्युको पुष्टि गरेका छन्  । प्रसिद्ध अभिनेता र लेखक सुहेल सेठले सञ्जय कपूरको निधनको पुष्टि गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एक भावनात्मक पोस्टमा शोक व्यक्त गरेका छन । उनले लेखेका छन्, ‘सञ्जय कपूरको निधनले गहिरो दुःखी भएको छ, उनको आज बिहान इङ्गल्याण्डमा निधन भयो, यो उनको परिवार र सोना कोमस्टार, ओम शान्ति उनका सहकर्मीहरूप्रति ठूलो क्षति र गहिरो समवेदना हो ।’

एनडीटीभीको रिपोर्टका अनुसार सञ्जय कपूर गार्ड्स पोलो क्लबमा पोलो खेल्दै गर्दा निसास्सिएको महसुस भएको उनको नजिकको स्रोतले बताएको छ । उनले खेल रोक्न अनुरोध गरेका थिए र त्यसपछि मैदानबाट बाहिर निस्के । रिपोर्टका अनुसार सञ्जय कपुरले अचानक माहुरी निलेका थिए र घाँटीमा भएको डंकका कारण उनलाई हृदयघात भएको स्रोतले जनाएको छ ।

सञ्जय कपूर एक व्यापारी थिए । उनी सोना कमस्टारका अध्यक्ष थिए र भारतीय अटोमोटिभ उद्योगका नेताहरूमा गनिन्थ्यो। एक शौकीन पोलो खेलाडी, उनी सोना पोलो टोलीको मालिक थिए र सक्रिय रूपमा खेलमा भाग लिने गर्दथे । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खाले प्रतियोगिताहरूमा भाग लिएका छन् ।

बलिउड अभिनेत्री करिश्मा कपूर र सञ्जय कपूरले सन् २००३ मा विवाह गरेका थिए तर उनीहरुको वैवाहिक जीवनमा धेरै वर्षसम्म समस्या रह्यो र उनीहरु सन् २०१४ मा कटु सम्बन्धका साथ छुट्टिएका थिए । दम्पतीका दुई सन्तान छन्, एक छोरी समाइरा र एक छोरा कियान ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ८ : ०१ बजे

दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले दक्ष र गुणस्तरीय मात्र

प्रधानमन्त्रीले भोलि इयूआबद्ध देशका राजदूत तथा मिसन प्रमुखसँग छलफल गर्ने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोलि यहाँस्थित युरोपेली सङ्घ (इयू)मा

मन्त्रिपरिषद् बैठक : के के भयो निर्णय ?

काठमाडौं । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका विभिन्न महत्त्वपूर्ण निर्णयहरू

साताको पहिलो दिन नेप्सेमा हरियाली, सूचक २७ अंकले उकालो

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार शेयरबजारमा उत्साह देखिएको

करको दर घटाउन र दायरा बढाउन सरकारसंग उद्योगी–व्यवसायीहरुको माग

बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले करको दर घटाउन र दायरा