१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अभिनेत्री करिश्मा कपुरका पूर्व पतिको निधन



मुम्बई । बलिउड अभिनेत्री करिश्मा कपुरका पूर्व पति तथा व्यवसायी सञ्जय कपुरको ५३ वर्षको उमेरमा बेलायतमा निधन भएको छ । सञ्जय कपुरको पोलो खेलको क्रममा हृदयघातका कारण निधन भएको हो ।

उनको निधनले परिवार र साथीभाइ स्तब्ध भएका छन् । दिवंगत सञ्जय कपूरका धेरै साथीहरूले सामाजिक सञ्जालमा उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । सुहेल सेठले सञ्जय कपुरको मृत्युको पुष्टि गरेका छन्  । प्रसिद्ध अभिनेता र लेखक सुहेल सेठले सञ्जय कपूरको निधनको पुष्टि गरेका हुन् । सामाजिक सञ्जाल एक्समा एक भावनात्मक पोस्टमा शोक व्यक्त गरेका छन । उनले लेखेका छन्, ‘सञ्जय कपूरको निधनले गहिरो दुःखी भएको छ, उनको आज बिहान इङ्गल्याण्डमा निधन भयो, यो उनको परिवार र सोना कोमस्टार, ओम शान्ति उनका सहकर्मीहरूप्रति ठूलो क्षति र गहिरो समवेदना हो ।’

एनडीटीभीको रिपोर्टका अनुसार सञ्जय कपूर गार्ड्स पोलो क्लबमा पोलो खेल्दै गर्दा निसास्सिएको महसुस भएको उनको नजिकको स्रोतले बताएको छ । उनले खेल रोक्न अनुरोध गरेका थिए र त्यसपछि मैदानबाट बाहिर निस्के । रिपोर्टका अनुसार सञ्जय कपुरले अचानक माहुरी निलेका थिए र घाँटीमा भएको डंकका कारण उनलाई हृदयघात भएको स्रोतले जनाएको छ ।

सञ्जय कपूर एक व्यापारी थिए । उनी सोना कमस्टारका अध्यक्ष थिए र भारतीय अटोमोटिभ उद्योगका नेताहरूमा गनिन्थ्यो। एक शौकीन पोलो खेलाडी, उनी सोना पोलो टोलीको मालिक थिए र सक्रिय रूपमा खेलमा भाग लिने गर्दथे । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै खाले प्रतियोगिताहरूमा भाग लिएका छन् ।

बलिउड अभिनेत्री करिश्मा कपूर र सञ्जय कपूरले सन् २००३ मा विवाह गरेका थिए तर उनीहरुको वैवाहिक जीवनमा धेरै वर्षसम्म समस्या रह्यो र उनीहरु सन् २०१४ मा कटु सम्बन्धका साथ छुट्टिएका थिए । दम्पतीका दुई सन्तान छन्, एक छोरी समाइरा र एक छोरा कियान ।

 

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ८ : ०१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा