११ भदौ २०८३, बिहिबार | August 27, 2026

बस्ती जोगाउन झिझरी खोलामा तटबन्ध



नेपालगन्ज । राप्ती सोनारी गाउँपालिका–९ भएर बग्ने झिझरी खोलाको बाढीबाट बस्ती जोगाउन तटबन्ध निर्माण भएको छ ।

झिझरी खोलाको बाढीले गर्ने डबवान र कटान रोक्न लुम्बिनी प्रदेश सरकारको बजेटमा झिझरी खोला झोलुङ्गे पुल नजिकै तटबन्ध निर्माण गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख आशिष विकले जानकारी दिए ।

प्रदेश सरकारको रु ३५ लाख ६२ हजार बजेटमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयद्वारा झिझरी खोला झोलुङ्गे पुल नजिकै तटबन्ध निर्माण भएको हो ।

तटबन्ध निर्माणपछि झिझरी खोलाको कटान र डुबानबाट बस्ती जोगिने राप्ती सोनारी गाउँपालिका–९ तल्लो महादेवा निवासी हेम चापागाईले बताए ।

यसैबीच, झिझरी खोलामा पक्की पुल नहुँदा वर्षा याममा साना सवारी आवागमन ठप्प हुने भएकाले महादेवा गाउँका बासिन्दालाई कठिन हुने गरेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ११ : ०० बजे

भोटेकोशी बाढी : ३५९ को शव फेला, हेलिकप्टरमार्फत ७९६ जनाको उद्धार

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी

भोटेकोशी बाढी : ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४०

भोटेकोशीमा पुनः बाढीको जोखिम, चीनले नेपाललाई गरायो सतर्क

काठमाडौं। भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल बढ्दै

सम्पर्कविहीन पत्रकार टेकराज थामीको खोजी कार्यलाई तीव्रता दिन आग्रह

काठमाडौं । नेपाल पत्रकार महासङ्घले रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका

बाढी प्रभावित क्षेत्र निरीक्षण गर्न चिनियाँ प्रधानमन्त्री ली छ्याङ केरुङ पुगे

काठमाडौँ । चीनका प्रधानमन्त्री ली छ्याङ बाढीबाट प्रभावित तिब्बतको केरुङ