२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ



संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । व्यक्तिगत प्रयोजनका लागि खिचिएको गोपनिय फोटो र भिडियोहरु आफन्तको पठाउने तथा भिडियोमा रहेका ब्यक्तिसँग बार्गेनिङ गरेको अभियोगमा संखुवासभा प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा भोपुर षडानन्द नगरपालिका १ का २९ वर्षिय सुजन भुजेल र सोही स्थानका २१ वर्षिय बिपल राई रहेका छन् । प्रहरीका अनुसार उनीहरुले स्थानीय एक महिलाको व्यक्तिगत फोटो र भिडियो बनाई आफन्त र साथीहरुकोमा पठाउने तथा भिडियामा देखिएका पात्रहरुको मेसेन्जरमा पठाइदिने धम्की दिएर डर त्रास देखाउने गरेको पीडितको उजुरीको आधारमा पक्राउ गरिएको हो । दुबैजनालाई खाँदवारी नगरपालिका १ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत चैनपुरबाट म्याद थप गरि अपराधिक लाभ तथा विद्युतिय अपराध कसुरमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ९ : ४० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले