५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

आइएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकले दियो अन्तिम स्वीकृति



काठमाडौं । दुई ठूला डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । खल्ती र आइएमई पे आपसमा गाभिनका लागि नियामक नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको हो।

नेपालको डिजिटल भुक्तानी कारोबार क्षेत्रमा दुई प्रतिस्पर्धीबीच पहिलो पटक एकीकरण हुन लागेको हो। दुबै वालेट आपसमा गाभिए पछि, ग्राहक संख्या, कारोबार आकार, वितरण केन्द्र संख्या, पूँजी र जनशक्ति सबै हिसाबले सबैभन्दा ठूलो डिजिटल वालेट कम्पनीमा रूपान्तरण हुनेछन् ।

एकीकृत कारोबार पछि डिजिटल वालेट कम्पनीको नाम आइएमई खल्ती लिमिटेड रहनेछ। यसको रजिस्टर्ड कार्यालय काठमाडौं, पानीपोखरीस्थित रहनेछ। एप्सको नाम भने खल्ती कायम हुनेछ।

अन्तिम स्वीकृति पाएसँगै आगामी तीन महिनासम्म प्रयोगकर्ताहरूको समायोजन कार्य तीब्र रूपमा चल्ने कम्पनीले उल्लेख गरेको छ।

दुबै वालेट प्रयोगकर्ताहरूको रकम र रोयल्टी प्वाइन्टहरू, खल्ती प्वाइन्ट र आईएमई पे रिवार्ड प्वाइन्टहरू पनि यो समयभित्र मर्जरपछि चल्ने खल्ती एपमै देखिन्छ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ५३ बजे

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११

साउदी अरबको दमाम विमानस्थलमा आक्रमण, एकको मृत्यु र आठ घाइते

काठमाडौं । साउदी अरबको पूर्वी सहर दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय

मोटरसाइकल दुर्घटनामा दुई बाबुछोराको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको