१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आजबाट



नेपालगन्ज । नेपालगन्ज फोटो फेस्टिवलको चौथो संस्करण आजदेखि नेपालगन्जमा सुरु भएको छ । अन्तरालद्वारा आयोजित फोटो फेस्टिवलको नेपाली कांग्रेसका सह-महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य किशोर सिंह राठौरले फोटो खिचेर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै सहमहामन्त्री राठौरले फोटो केवल चित्र खिच्ने प्रक्रिया मात्र नभएर कथा बोल्ने र भन्ने माध्यम समेत भएको बताए । उनले फोटो फेस्टिवलले फोटोग्राफीको महत्व, आवश्यकता र अपरिहार्यताको महत्वलाई उजागर गर्ने विश्वास ब्यक्त गर्दै यस्ता सिर्जनात्मक र रचनात्मक कामले समाजलाई सही दिशा निर्देश गर्ने बताए ।

फोटो फेस्टिवलमा राष्ट्रिय फोटो प्रतिष्पर्धामा देशभरबाट सहभागी फोटोबाट छानिएका १ सय ११ फोटो प्रदर्शनीमा राखिएको छ । समावेश गरिएका फोटोहरुबाट संस्कृति, पर्यटन, कृषि लगायतका ९ विधामा विविधता झल्कने फोटो एउटै थलोमा हेर्न सकिने अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । बुधबार विहान ११ बजेदेखि साँझ ७ बजेसम्म र विहिबार ७ बजेदेखि साँझ ७ बजेसम्म फोटो अवलोकन गर्न सकिने उनले जानकारी दिए ।

फोटो फेस्टिबलमा फोटो प्रदर्शनीसंगै दुई दिने फोटोग्राफी तालिम पनि सञ्चालन गरिएको छ । आयोजक अन्तरालका अनुसार प्रतिष्पर्धामा छानिएका १ सय ११ फोटोहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै नेपालगन्ज, काठमाडौं र सातै प्रदेशमा हुने फोटो प्रदर्शनीमा समावेश गरिनेछ । यी फोटोहरु अन्तरालले प्रकाशन गर्ने फोटो पुस्तकमा समेत समेटिने छन् । बरिष्ठ फोटो पत्रकार विकास कार्कीको नेतृत्वमा बरिष्ठ फोटोग्राफर रमेश मल्ल र फोटो पत्रकार केशव थोकर सदस्य रहेको निर्णायक मण्डलले फेस्टिवलमा समावेश फोटोहरु छनौट गरेको हो ।

नेपालगन्ज फोटो फेस्टिबल अन्तर्गत राष्ट्रिय फोटो प्रतिष्पर्धाको सबैभन्दा ठूलो र मुख्य पुरस्कार वर्ष फोटो रहेको छ । यसको पुरस्कार राशी ५१ हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । यस पटकको ‘वर्ष फोटो’ आर्यन धिमालले खिचेको जाजरकोट भूकम्पले क्षतिग्रस्त आफ्नो घर अगाडि रोइरहेकी महिलाको फोटो घोषित भएको छ । यस्तै टप ३१ मा परेका फोटोमा सर्वाधिक भोट प्राप्त गर्ने फोटोग्राफरले पिपुल्स च्वाइस अवार्ड प्राप्त गर्नेछन् भने यसको पुरस्कार राशी ५० हजार १११ रुपैयाँ र प्रमाणपत्र रहेको छ । असार ५ गते विहिबार दिउँसो १ बजेसम्म उक्त फोटोहरुमा इ(सेवामा गएर भोट गर्न सकिनेछ ।

यस वर्ष पनि हरेक विधाका उत्कृष्ट फोटोलाई नगद पुरस्कारसहित विधागत उत्कृष्ट फोटो अवार्ड प्रदान गरिनेछ । दैनिक जीवन, समाचार, पर्यटन, कृषि, संस्कृति, वन्यजन्तु, प्रकृति र संरक्षण, खेलकुद, नेपाल स्माइल गरी प्रतियोगितामा ९ विधा प्रतिष्पर्धामा समावेश छन् । हरेक विधाको उत्कृष्टलाई ५ हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसैगरी यस वर्ष फोटो पत्रकार र फोटोग्राफरहरुका फोटोग्राफी अनुभव आदानप्रदान गर्ने उद्देश्यले नेपाल फोटोग्राफी समिट पनि आयोजना हुने अन्तरालले जनाएको छ ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतको उपस्थिति थियो । फेस्टिवल घोलि सम्म चल्ने छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ५८ बजे

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट

अध्यादेशबारे राय लिन राष्ट्रपतिले वरिष्ठ संविधानविद्हरूसँग छलफल गर्दै

काठमाडौं। रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका अध्यादेशहरूबारे गम्भीर परामर्श गर्न

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी । मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस ९रस०