१० चैत्र २०८२, मंगलबार | March 25, 2026

प्रतिबन्धित पाँच औले लगायत विभिन्न जडिबुटीहरु सहित बुटवलबाट एकजना पक्राउ



बुटवल । प्रतिबन्धित बिभिन्न जडिबुटी सहित बुटवलबाट १ जना पक्राउ परेका छन् । आज मध्यान्ह १ बजेको समयमा बुटवल २ भिमसेन टोलबाट प्रतिबन्धित पाँच औँले प्रतिबन्धित जडिबुटी सहित १ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बुटवल २ आँखा अस्पताल भिमसेन टोलका अहमद्दिन अलीको घरमा घरभाडामा बस्ने जुम्ला कन्कासुन्दरी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४८ को सुक बहादुर वुढा रहेका छन् । बुढाका साथबाट सेतो बोरामा र सेतो प्लाष्टिकको बाल्टीमा राखेको पाँच औले जस्तो देखिने जडिबुटी (तौल गर्दा १६ के.जी.१०० ग्राम ५ हजार ,६३५ पिस) अन्दाजी मूल्य मुल्य रु.२८ लाख १७ हजार ५००, सेतो बोरामा राखिएको कुट्की जस्तो देखिने पदार्थ ९ के.जी. ६०० ग्राम, सेतो प्लाष्टिकमा राखेको गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पक्राउ परेका वुढा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि सैनामैना सव(डिभिजन बन कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ११ : १७ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण