बुटवल । प्रतिबन्धित बिभिन्न जडिबुटी सहित बुटवलबाट १ जना पक्राउ परेका छन् । आज मध्यान्ह १ बजेको समयमा बुटवल २ भिमसेन टोलबाट प्रतिबन्धित पाँच औँले प्रतिबन्धित जडिबुटी सहित १ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बुटवल २ आँखा अस्पताल भिमसेन टोलका अहमद्दिन अलीको घरमा घरभाडामा बस्ने जुम्ला कन्कासुन्दरी गाउँपालिका वडा नं. ४ बस्ने बर्ष ४८ को सुक बहादुर वुढा रहेका छन् । बुढाका साथबाट सेतो बोरामा र सेतो प्लाष्टिकको बाल्टीमा राखेको पाँच औले जस्तो देखिने जडिबुटी (तौल गर्दा १६ के.जी.१०० ग्राम ५ हजार ,६३५ पिस) अन्दाजी मूल्य मुल्य रु.२८ लाख १७ हजार ५००, सेतो बोरामा राखिएको कुट्की जस्तो देखिने पदार्थ ९ के.जी. ६०० ग्राम, सेतो प्लाष्टिकमा राखेको गिद्ध सिङे ५ थान र रुद्राक्ष ३ थान बरामद भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
पक्राउ परेका वुढा समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि सैनामैना सव(डिभिजन बन कार्यालय रुपन्देहीमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।


















प्रतिक्रिया