१० माघ २०८२, शनिबार | January 24, 2026

एक किलो अफिमसहित पर्सामा चार जना पक्राउ



पर्सा । पर्साबाट प्रहरीले लागुऔषध अफिमसहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-१ का ४० वर्षीय विनोद गिरी, सोही गाउँपालिका(५ का ३३ वर्षीय प्रदीप चौधरी, २८ वर्षीय सुनिलकुमार श्रीवास्तव र ३४ वर्षिय रामेश्वर राउत रहेका छन्।

उनीहरूलाई वडा प्रहरी कार्यालय विर्ता र लागुऔषध नियन्त्रण ब्युरो पर्साको टोलीले पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ना ४६ प २५४० र ना ४०प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई वीरगन्ज महानगरपालिका-१० रजत जयन्ती चोकबाट पक्राउ गरिएको हो।

पक्राउ परेका व्यक्तिले बोरा र त्यसभित्र प्लाष्टिकको झोलाले बेरेर एक किलो अफिम बोकेका थिए। पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको छ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ९ : ४७ बजे

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई