१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आफ्नै लेखा एकाई स्थापना गर्दै कर्णाली सरकार



सुर्खेत । कर्णाली प्रदेश सरकारले आफ्ना मातहतका कार्यालयको लेखा नियन्त्रण सहज बनाउन प्रत्येक जिल्लामा प्रदेश लेखा एकाई कार्यालय स्थापना गरेको छ ।

कर्णाली प्रदेश सरकारले प्रदेश लेखा नियन्त्रक कार्यालयअन्तरगत कर्णाली प्रदेशका सुर्खेत बाहेक नौ जिल्लामा प्रदेश लेखा एकाई कार्यालय स्थापना गरिएको हो ।

प्रदेशका कार्यालयहरु स्थापना नहुँदा मलेनिकाले कर्णाली प्रदेशका जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयमार्फत लेखाको काममा सहजीकरण गरिरहेको थियो ।

प्रदेश मातहतका कार्यालयको लेखा प्रणाली नियन्त्रण, ब्यवस्थित बनाउन तथा सहजीकरण गर्न आफ्नै कार्यालय स्थापना गरिएको कर्णाली प्रदेशका प्रदेश लेखा नियन्त्रक मानबहादुर वमले जानकारी दिए।

सुर्खेतमा प्रदेशबाट हेर्ने गरी बाँकी नौ जिल्लामा प्रदेशको छुट्टै कार्यालय स्थापना गरिएको नियन्त्रक वमले जानकारी दिए । उनका अनुसार हुम्ला र सल्यानमा कार्यालय स्थापना गरिएको छ भने अन्य जिल्लामा एक हप्ताभित्र स्थापना गरिने छ ।

वित्तिय अनुशासन कायम गर्न तथा प्रदेशको बजेट लक्षित समुदायसम्म पु-याउन बजेटको निकाशा तथा भुक्तानीमा सहज होस् भनेर कार्यालय स्थापना गरिएको हो । नियन्त्रक वमले एकाई कार्यालय स्थापनाले प्रदेशको अनुदानको खर्चको लेखाजोखा तथा रिपोर्टिङ्ग गर्न आफ्नो अनुदान कहाँ कति खर्च भएको छ यथार्थ जानकारी आउने विश्वास ब्यक्त गरे ।

कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लेखा अधिकृत ७र८ तहको प्रमुख रहने गरी एक जना, ५र६ तहका दुई जना र एक जना कार्यालय सहयोगी रहने छन् ।

कर्मचारीको अभावको कारण जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र जुम्ला जिल्लामा कार्यालय प्रमुखमा लेखा अधिकृत ७र८ तथा हुम्ला, मुगु, डोल्पा र कालिकोटमा भने कार्यालय प्रमुखमा अधिकृत ५र६ तहको दरवन्दीमा भएका छैटौँ तहका कर्मचारीलाई प्रमुखको जिम्मेवारी तोकिएको तथा सुर्खेतमा भने प्रदेश कार्यालयले नै हेर्ने नियन्त्रक वमले जानकारी दिए। उनका अनुसार यो वर्षदेखि प्रदेश मातहतका कार्यालयको आन्तरिक लेखापरीक्षण प्रदेश आफैँले गर्नेछ ।

कर्णाली आउन उत्साहित

प्रदेश लेखा एकाईको जिल्लामा कार्यालय स्थापना हुन थालेपछि समायोजन भएर कर्णाली आउने लेखाको कर्मचारीहरु उत्साहित भएको वमले बताए। बमका अनुसार हालै मात्र लेखा समूहका २२ जना कर्मचारीले कर्णाली आउन मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट सहमति लिएका छन् ।

कर्णाली प्रदेशमा लेखा समूहको विभिन्न तहका ३९ जना कर्मचारी अपुग छन् । लेखा समूहका ९र१० तहका एक जना, ७र८ तहका १३ जना, ५र६ तहका २२ जना र ४र५ तहका ३ जना कर्मचारी अपुग भएको प्रमुख वमले बताए । हाललाई मौज्दात जनशक्तिबाट नै काम सञ्चालन गर्नेगरी सबै जिल्लामा खटाइएको छ । अब सङ्घबाट समायोजन भएर आएपछि सहज हुने उनको भनाइ छ ।

प्रदेश सरकार मातहतका सुर्खेत बाहेक नौ जिल्लाका ७४ वटा कार्यालयका लागि लेखा एकाई स्थापना गरिएको छ ।

सुर्खेतमा रहेका मन्त्रालय, योजना आयोग, प्रदेशसभा सचिवालय, मुख्यन्यायाधिवक्ताको कार्यालय, विभिन्न मन्त्रालयका निर्देशनालयहरु, तालिम केन्द्रहरु, प्रयोगशाला तथा जिल्लास्थित कार्यालयको काम भने प्रदेश लेखा नियन्त्रक कार्यालयले गर्नेछ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  ३ : ४० बजे

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर

कोशीमा संकल्प प्रस्ताव पारित भएको पत्र प्रदेश प्रमुखलाई पठाइयो

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीसँग प्रदेशसभामा बहुमत नरहेको

समृद्धी सलोन एण्ड एकेडेमीद्धारा सम्मान तथा दिक्षित

बुटवल । बुटवलको अमरपथस्थित सिंह कम्पेलेक्समा रहेको समृद्धी सलोन एण्ड