३१ असार २०८३, बुधबार | July 15, 2026

विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई रास्वपाले आग्रह गर्ने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले निर्वाचन आयोगलाई विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगको विवरणमा विसं २०८० चैत २० पछि रास्वपाको केन्द्रीय सदस्यका पदाधिकारी तथा सदस्यको हेरफेर भएपनि अद्यावधिक नभएको रास्वपाले जनाएको छ ।

पार्टीका तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएको उल्लेख गर्दै कार्यवाहक प्रवक्ता मनिष झाले हालसम्म किन अद्यावधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने बताए । कार्यवाहक प्रवक्ता झाले भने, “अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको व्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको छ ।”

रास्वपाले पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्न निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ साउन १७ गते निर्वाचन आयोगसँगैकै परामर्शमा निवेदन पेस गरेको प्रवक्ता झाले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १० : १३ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार