३१ असार २०८३, बुधबार | July 15, 2026

अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र पाँच वटा विद्यालयमा अपाङ्गता भएका बालबालिकाका लागि छुट्टै कक्षा सञ्चालन गर्न सकिने बताइएको छ । महानगरको शिक्षा समितिको बैठकले कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाको संयोजकत्वमा अटिजम विद्यालय सञ्चालनसम्बन्धी अध्ययन गर्न गठित समितिले पाँच विद्यालय अपाङ्गता भएका बालबालिकाका लागि सञ्चालन गर्न सकिने जनाएको हो ।

समितिले, वडा नं ६ मा रहेको महेन्द्र बौद्ध माध्यमिक विद्यालय, वडा नम्बर १३ मा रहेको जनप्रभात माध्यमिक विद्यालय, वडा नम्बर १६ मा रहेको नेपाल युवक माध्यमिक विद्यालय, वडा नं २० मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालय र २५ मा रहेको कन्या मन्दिर माध्यमिक विद्यालयलाई अपाङ्गता भएका बालबालिकाका लागि कक्षा सञ्चालन गर्न सकिने जनाएको कामपा सहरी योजना आयोगका सदस्या शैलेन्द्र झाले जानकारी दिए ।

कामपाभित्रका सामुदायिक विद्यालयमध्ये कुनैमा पनि अटिजम भएका बालबालिकाका लागि विद्यालय नभएकाले, कामपा आफैँले अटिजम विद्यालय सञ्चालन गर्ने विषयमा अध्ययन समिति गठन गरेको हो । यसमा अपाङ्गताका प्रकारअनुसार एकै ठाउँमा वा छुट्टाछुट्टै राखेर ज्ञान तथा सीप प्रदान गर्ने थप अध्ययन आवश्यक रहेको पनि बताईएको छ ।

यस प्रकारका विद्यालय सञ्चालन गर्न साझेदार, सरोकारवाला, अधिकारकर्मी र सङ्घसंस्थाको धारणा बुझ्न थालिएको छलफलमा मिश्रित धारणा प्राप्त भएको बताइएको छ । झाले भने, “उक्त विषयमा कसैको धारण कामपा आफैँले यसप्रकारका विद्यालय सञ्चालन गर्नुपर्नेमा छ, कसैले विद्यालय सञ्चालन गरिरहेकालाई सहयोग गर्नुपर्छ भन्नेमा छ । कसैले मिश्रित प्रणालीमा जानुपर्नेमा छ ।” दोस्रो चरणमा स्पाइनल इन्ज्युरी सङ्घ नेपाल, स्रोत शिक्षक, प्रधानाध्यापकसँग छलफल भएको उनको भनाइ छ ।

तेस्रो चरणमा सबै स्रोत केन्द्रबाट प्रतिनिधित्व हुने गरी संस्थागत विद्यालयका ६० जना प्रधानाध्यापकहरूसँग छलफल भयो । जारी दोस्रो संस्करणको सीप मेलामा चौथो चरणको छलफल भइरहेको छ । विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग नियमित छलफल गर्दै अहिलेसम्म प्राप्त भएका सुझावलाई नीति संवादमार्फत बृहत् र ठोस निष्कर्षका लागि अन्तक्र्रियात्मक छलफल गर्ने योजनामा कामपा रहेको छ ।

हाल कामपामा बालापीठ आधारभूत विद्यालय, निर्मल बाल विकास विद्यालय, केन्द्रीय बहिरा उच्च माध्यमिक विद्यालय र सुस्त मनःस्थिति पारिवारिक सरसल्लाह तथा स्रोत विद्यालय गरी चार वटा रहेका छन् ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ९ : ०८ बजे

सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय सम्पत्ति छानबिन आयोगका सम्पूर्ण कामकारबाही

नियमावलीका केही प्रावधानप्रति ईक्यान रुपन्देहीको असन्तुष्टि, संशोधनका लागि पहल गर्ने

बुटवल । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको “शैक्षिक

३४ लाख ६६ हजार लगानीकर्ता टिएमएसमार्फत शेयर कारोबारमा सक्रिय

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको नेपाल पुँजीबजार

लायन्स क्लब अफ बुटवलको वार्षिक साधारणसभा सम्पन्न, गभर्नर्स टिमलाई सम्मान

बुटवल । लायन्स क्लब अफ बुटवलले वर्ष २०२६/२७ को आफ्नो

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार