१६ बैशाख २०८३, बुधबार | April 29, 2026

साहसी कदम नेपालको आयोजनामा ‘द प्राइड ट्यालेन्ट शो’



बुटवल । साहसी कदम नेपालले बुटवलमा ‘द प्राइड ट्यालेन्ट शो’ सम्पन्न गरेको छ । बुटवलमा शुक्रबार साँझ प्रतियोगितामा लता चौधरी र रजनी श्रेष्ठले पहिलो स्थान हासिल गर्दै उपाधि चुम्न सफल भइन् । यसैगरी मालिका शुब्बा फर्स्ट रनर अप हुन सफल भइन भने जोया मगर सेकेण्ड रनर अप भइन् ।

बुटवल, भैरहवा, नवलपरासी, कपिलवस्तु तथा पाल्पा लगायतका विभिन्न ठाउँबाट सहभागी प्रतियोगिहरु बीच भएको डान्स प्रतियोगितामा विजेतालाई नगद राशीसहित सम्मान गरिएको थियो । प्रतियोगितामा जुरी मेम्बरको रुपमा भूमिका श्रेष्ठ, निलम पौडेल र हिरा पेंगी तामाङले भूमिका निभएका थिए । साहसी कदम नेपालकी अध्यक्ष हसिना क्षेत्रीको अध्यक्षमा भएको कार्यक्रम रेशम न्यौपानेले सञ्चालन गरेका थिए ।

सो अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरुको सशक्तिकरण र समावेशीका लागि एकताको खाँचो औल्याइएको थियो । सामाजिक रुपमा आफूलाई स्थापित गर्नका लागि खुलेर बाच्नु पर्ने र आर्थिक रुपमा आत्मनिर्भर हुन सीपमूलक गतिविधि तथा व्यवसायमा लाग्न अतिथीहरुले प्रेरित गरेका थिए ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ९ : ३६ बजे

बीपी राजमार्ग अवरुद्ध, सवारी आवागमन पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षाका कारण बीपी राजमार्ग का विभिन्न सडकखण्डमा

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौं । सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी

देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

तनहुँ । तनहुँको देवघाट गाउँपालिकामा सञ्चालित गुरुकुलमा विद्यार्थीको आकर्षण बढेको

कर्णाली प्रदेशसभाको सचिवमा डा खड्का नियुक्त

कर्णाली । कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका

सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो

खोटाङ । निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता