बुटवल । साहसी कदम नेपालले बुटवलमा ‘द प्राइड ट्यालेन्ट शो’ सम्पन्न गरेको छ । बुटवलमा शुक्रबार साँझ प्रतियोगितामा लता चौधरी र रजनी श्रेष्ठले पहिलो स्थान हासिल गर्दै उपाधि चुम्न सफल भइन् । यसैगरी मालिका शुब्बा फर्स्ट रनर अप हुन सफल भइन भने जोया मगर सेकेण्ड रनर अप भइन् ।
बुटवल, भैरहवा, नवलपरासी, कपिलवस्तु तथा पाल्पा लगायतका विभिन्न ठाउँबाट सहभागी प्रतियोगिहरु बीच भएको डान्स प्रतियोगितामा विजेतालाई नगद राशीसहित सम्मान गरिएको थियो । प्रतियोगितामा जुरी मेम्बरको रुपमा भूमिका श्रेष्ठ, निलम पौडेल र हिरा पेंगी तामाङले भूमिका निभएका थिए । साहसी कदम नेपालकी अध्यक्ष हसिना क्षेत्रीको अध्यक्षमा भएको कार्यक्रम रेशम न्यौपानेले सञ्चालन गरेका थिए ।
सो अवसरमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायहरुको सशक्तिकरण र समावेशीका लागि एकताको खाँचो औल्याइएको थियो । सामाजिक रुपमा आफूलाई स्थापित गर्नका लागि खुलेर बाच्नु पर्ने र आर्थिक रुपमा आत्मनिर्भर हुन सीपमूलक गतिविधि तथा व्यवसायमा लाग्न अतिथीहरुले प्रेरित गरेका थिए ।


















प्रतिक्रिया