२४ भदौ २०८३, बुधबार | September 9, 2026

बुटवलमा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालन



बुटवल । बुटवल उपमहानगरपालिकामा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही र इलाका प्रशासन कार्यालय बुटवलमा अत्याधिक चाप भएपछि बुटवलका बासिन्दालाई राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो ।

सेवा केन्द्रको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे। बुटवल उपमहानगरपालिकाको पूरानो भवन परिसरमा राष्ट्रिय परिचय पत्र बनाउनका लागि सेवा केन्द्र स्थापना भएपछि बुटवलबासीलाई सहज हुने उनले बताए । उनले बुटवलमा रहेको इलाका प्रशासन कार्यालयमा अत्याधिक भीड र लामो समयसम्म पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न बुटवल उपमहानगरपालिकाले सेवा केन्द्र सञ्चालनका लागि अगुवाई गरेको बताए ।

‘जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयको भीड र सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था थियो, उनले भने- त्यसलाई मध्यनजर गरेर हामीले यो पहल गरेका हौं ।’ उनले आवश्यकताअनुसार थप सेवा केन्द्र सञ्चालन गर्न सकिने बताए ।

कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालयका प्रमुख रामचन्द्र अर्यालले बुटवल उपमहानगरका बासिन्दालाई लाभ हुने गरी सेवा केन्द्र सञ्चालन गरिएको बताए । उनले सेवा केन्द्र सञ्चालनमा बुटवल उपमहानगरपालिकाको विशेष चासो र अगुवाईका कारण सम्भव भएको बताए ।

नागरिकको तथ्याङ्क व्यवस्थित र सुलभ सरकारी सेवा प्रदान गर्ने उद्देश्य सहित सरकारले राष्ट्रिय परिचयपत्रको सुरुवात गरेको हो । राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो । राष्ट्रिय परिचयपत्र लागु भएपछि नेपालबाट प्रदान गरिने कुनै पनि सेवा सुविधा प्राप्त गर्न वा त्यस्तो सेवा सुविधाको माग गर्दा पनि परिचयपत्र पेस गर्नुपर्ने हुन्छ ।

साथै यसलाई सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रूपमा मान्यता दिइने भएकोले राष्ट्रिय परिचयपत्रलाई सरकारले अनिवार्य गरेको छ ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ६ : ३८ बजे

सुनसान छन् सौराहाका होटल, पर्यटक भन्छन् नेपालको विपदमा कसरी रमाउनु

चितवन । पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मंगलबार सबै

जेनजी आन्दोलनबारे प्रचण्डको प्रश्न- ‘दोषी को थियो, लाभ कसले उठायो ?’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेनजी

भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध

कर्णाली । कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

पुरानै बहावमा बग्न थाल्यो पहिरोले थुनिएको किम्रोङ खोला

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ मा पहिरो खसेर थुनिएको किम्रोङ

‘भदौ २४ को विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण थियो’ : एमाले

काठमाडौं । नेकपा (एमाले)ले गत वर्ष भदौ २३ र २४