२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

कुलिङ पिरियडमा फुलस्टप र कमा पनि परिवर्तन हुँदैन : मन्त्री गुप्ता



काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ पिरियड’को विवादका कारण सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नरोकिएको स्प्ष्ट गरेका छन् ।

विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रतिनिधिसभाको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै मन्त्री गुप्ताले संसद्मा केही राजनीतिक दलको विरोध कार्यक्रम चलिरहेको तथा आफ्नो मन्त्रालयमा महत्वपूर्ण कार्यक्रम परेका कारण यही असार ३ गतेको बैठकको कार्यसूचीबाट सो विधेयक हटाइएको स्पष्ट गरे ।

“मेरो मन्त्रालयको एउटा महत्वपूर्ण कार्यक्रम परेका कारण पूरै समय संसद्लाई दिन नसक्ने अवस्था सिर्जना भएपछि सचेतकज्यूलाई जानकारी गराएर निस्किएको हुँ । प्रस्तुत निजामती सेवा विधेयकमा भएका कुनै व्यवस्था परिमार्जन गर्नका लागि उक्त विधेयक रोकिएको होइन, सबै माननीयज्यूहरूलाई यस विषयमा स्पष्ट हुन अनुरोध गर्दछु”, उनले भने ।

विगत नौ वर्षदेखि करिब अलपत्र अवस्थामा रहेको सो विधेयकमाथि व्यापक रुपमा छलफल भई राज्य व्यवस्था तथा सुशासन समितिद्वारा सर्वसम्मत रुपमा पारित भएको स्मरण गराउँदै मन्त्री गुप्ताले सरोकार भएका सबै पक्षलाई समेटेर बडो मेहनतका साथ तयार गरिएको र सङ्घीयता कार्यान्वयका क्रममा अति आवश्यक देखिएको सो विधेयकले अब छिट्टै निकास पाउने विश्वास दिलाए । ।

‘कुलिङ पिरियड’का कारण सो विधेयक रोकिएको हो भन्ने प्रश्नको जवाफ दिँदै मन्त्री गुप्ताले भने, “कुलिङ पिरियड होइन, त्यसमा फुलस्टप र कमा पनि परिवर्तन हुँदैन ।”

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ४ : ४७ बजे

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३

लुम्बिनी बौद्ध विश्वविद्यालयको अन्तरराष्ट्रिय सांस्कृतिक दूतमा फु च्याङ नियुक्त

काठमाडौ । लुम्बिनी बौद्ध विश्वविद्यालयले चिनियाँ विद्यार्थी फु च्याङलाई ‘अन्तरराष्ट्रिय

सरकारले गर्यो विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूतलाई पदमुक्त

काठमाडौ । सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा

इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता

एजेन्सी । इन्डोनेसियाको पूर्वी हलमहेरा टापुको “माउन्ट डुकोनो“ ज्वालामुखि विस्फोट

अमेरिकी सेनाद्वारा हर्मुज जलडमरूमध्य खोल्ने प्रयास, इरानसँग तनाव बढ्दै

एजेन्सी । संयुक्त राज्य अमेरिकाले हर्मुज जलडमरूमध्य पुनः खुला गर्ने