२० मंसिर २०८२, शनिबार | December 6, 2025

ऊर्जामन्त्री खड्का चीन प्रस्थान



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन चीन प्रस्थान गरेका छन । साङ्घाई को-अपरेसन अर्गनाइजेसन (एससिओ)ले चीनको झेजियाङ प्रान्तको निङ्बो सहरमा आयोजना हुने पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिन सोमबार राति त्यसतर्फ प्रस्थान गरेका हुन ।

बैठकमा विभिन्न देशले गरेका ऊर्जा विकास र आगामी सहकार्यका विविध विषयमा छलफल हुने ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ । यही जुन २३ देखि सुरु भएको बैठक जुन २७ तारिखसम्म सञ्चालन हुनेछ । उक्त बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानलगायत नौ सदस्य देश, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीको सहभागिता छ ।

मन्त्री खड्काले जुन २६ मा हुने ‘इन्टरग्रेटेड इनोभेसन फर इनर्जी फ्युचर’सम्बन्धी कार्यक्रमको उद्घाटनसत्रमा मन्तव्य राख्ने र सोही दिनका विभिन्न बैठकमा सहभागी हुने कार्यतालिका रहेको ऊर्जामन्त्री खड्काको सचिवालयले जनाएको छ । साथै जुन २७ मा चीनका राष्ट्रिय ऊर्जा प्रशासकसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम पनि तय भएको छ ।

प्रकाशित मिति : १० असार २०८२, मंगलबार  ८ : २१ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले