५ श्रावण २०८३, मंगलबार | July 22, 2026

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट



काठमाडौ. । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ३३ अङ्कले घटेर दुई हजार ६०० दशमलव २० को विन्दुमा कायम भएको हो ।

आज तीन सय ११ कम्पनीको एक करोड ३७ लाख ५९ हजार ६०४ कित्ता शेयर ६१ हजार ८२४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९४ करोड २८ लाख ५२ हजार २५६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा विकास बैंक शून्य दशमलव ०२, होटल तथा पर्यटन एक दशमलव ४३, जलविद्युत् शून्य दशमलव ६७, जीवन बीमा शून्य दशमलव ०६, म्युचुअल फन्ड शून्य दशमलव ०९ र निर्जीवन बीमा शून्य दशमलव १० प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ०९, वित्त शून्य दशमलव ४८, लगानी शून्य दशमलव ४०, उत्पादन तथा प्रशोधन शून्य दशमलव २०, लघुवित्त शून्य दशमलव २१, व्यापार एक दशमलव ०७ र अन्य समूह शून्य दशमलव २१ प्रतिशतले घटेको छ ।

मोदी इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ५१ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै वुटवल पावर कम्पनी लिमिटेडको रू ५३ करोड ९४ लाख ५७ हजार ३२६ बराबरको छ लाख ५४ हजार २९० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ३ : ५६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं