७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कृषि प्रयोजनको विद्युत मिटर प्रयोग गरी ‘समाचारको खेती’, विद्युत चुहावट गर्ने सञ्चार गृहको लाइन काटियो



नेपालगन्ज । नेपालगन्जमा कृषि प्रयोजनको मिटर जडान गरेर समाचारको खेती गरेको पाइएको छ ।

बाँकेको नेपालगन्जबाट सञ्चालन भइरहेको एउटा सञ्चार गृहले कृषि प्रयोजनका लागि बिद्युत प्राधिकरणको मिटर जोडेर प्रेस तथा घरको एसी, रेफि«जरेटर, पानी तान्ने पम्प तथा घरयासी प्रयोजनमा उपयोग गरेको पाईएपछि प्राधिकरणले सो सञ्चारगृहको लाईन काटेको छ ।

नेपाल विद्युत प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले मिटरबक्स दुरुपयोग गरी विद्युत चुहावट गर्ने नेपालगन्ज–१० मा सञ्चालनमा रहेको बागेश्वरी इन्टरनेशनल र बागेश्वरी प्रिन्टर्सको लाईन काटेको हो ।

बुधवार प्राधिकरण कर्मचारी र प्रहरी सहितको टोलीले छापा मार्ने क्रममा दुबै फर्मका नाममा प्रयोग भएका मिटरबक्स अनियमित तरिकाले दुरुपयोग गर्दै चुहावट गरेको भेटिएको विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

कृषि प्रयोजनका लागि जडान गरेको मिटरबक्स अर्कै कामका लागि प्रयोग भएको विद्युतका इन्जिनियर सुरेशकुमार तिमिल्सेनाले बताए । इन्जिनियर तिमिल्सेनाले घरमा कुनै कृषिसँग सम्बन्धित काम नभए पनि सस्तो महसुल बुझाउन पाइने नाममा कृषि मिटर जडान गरेर घरमा एसीसम्म चलाएको पाइएको बताए ।

स्थानीय निष्पक्ष ध्वनि पत्रिका र निश्पक्ष ध्वनि अनलाइन टेलिभिजन समेत चलाईरहेका पत्रकार उदय सिंह श्रेष्ठको घरमा लामो समयदेखि विद्युत मिटरको दुरुपयोग भएको खुलासा भएपछि प्राधिकरणले चेतावनी दिएको थियो ।

तर श्रेष्ठले सञ्चारको आडमा अटेरी गर्दै आएका थिए । पटक पटक दिएको सुचनालाई अटेरी गरेपछि लाइन काट्न बाध्य भएको इन्जिनियर तिमिल्सेनाले बताए ।

तिमिल्सेनाका अनुसार मिटर दुरुपयोग गर्ने फर्म र पत्रकार श्रेष्ठलाई विद्युत चुहावटसम्बन्धी कानून अन्तर्गत मुद्धा चलाईने भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  १० : ०७ बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट