२० माघ २०८२, मंगलबार | February 3, 2026

गभर्नर पौडेलको सम्पत्ति विवरण : सात कम्पनीमा शेयर लगानी, ललितपुर र नवलपरासीमा घरजग्गा

४५ तोला सुन र स्वआर्जनबाट किनेको रू १५ लाख बराबरको हीराका गहना



काठमाडौँ । संघीय सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले सम्पत्ति विवरण बुझाउन आलटाल गरिरहेका बेला नेपाल राष्ट्र बैंकका नवनियुक्त गनर्भर डा विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । गनर्भर पौडेलले यही असार ५ गते राष्ट्र बैंकमा पेस गरेको सम्पत्ति विवरणअनुसार विभिन्न सातवटा कम्पनीमा शेयर लगानी तथा ललितपुर र नवलपरासीमा घरजग्गा रहेको उल्लेख गरेका छन् ।

प्रतिभा शर्माको नाममा ललितपुरको सैंबुस्थित कित्ता नम्बर ६४३ को पाँच आना दुई दाम जग्गा र त्यसमा बनेको दुई हजार ७९५ वर्गफिट घरलाई गनर्भर पौडेलको सम्पत्ति विवरणमा देखाइएको छ । यो जग्गा पैतृक सम्पत्ति तथा स्वआर्जन रकमबाट रु एक करोड ५५ लाखमा खरिद गरिएको विवरणमा उल्लेख छ ।

त्यस्तै, शर्माकै नाममा नवलपरासी गैँडाकोटमा कित्ता नम्बर ४१७४ को जग्गा र त्यसमा बनेको घरलाई पनि सम्पत्तिका रूपमा देखाइएको छ । यो जग्गा पैतृक सम्पत्ति तथा स्वआर्जनबाट रू ६० लाखमा किनेको उल्लेख छ ।

पैतृक सम्पत्तिका रूपमा करिब ४५ तोला सुन र स्वआर्जनबाट किनेको रू १५ लाख बराबरको हीराका गहनालाई पनि गभर्नर पौडेलको सम्पत्तिका रूपमा देखाइएको छ । विश्वनाथ पौडेलका नाममा सानिमा बैंकमा रू १३ लाख २३ हजार १९२, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा रू दुई लाख ५९ हजार ३४४ र सानिमा बैंकमा अमेरिकी डलर ६६ दशमलव ७८ बराबर मौज्दात रहेको छ । त्यस्तै, प्रतिभा शर्माको नाममा सानिमा बैंकमा रू १२ हजार ५४७, प्रभु बैंक लिमिटेडमा रू चार लाख ७३ हजार ८२२ र सानिमा बैंकमा अमेरिकी डलर चार हजार ४४६ रहेको उल्लेख छ ।

विश्वनाथ पौडेलका नाममा विभिन्न कम्पनीको प्रवद्र्धक तथा साधारण शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । जसमा सानिमा बैंकको दुई लाख ४४ हजार १७६ कित्ता, सानिमा मिडल तमोर हाइड्रोपावरको एक लाख ८८ हजार कित्ता, ग्लोबेको प्रालिको एक लाख ८६ हजार ८३४ कित्ता, संयुक्त ऊर्जा हाइड्रोपावरको पाँच लाख कित्ता र चितवन इनर्जी लिमिटेडको दुई लाख ५० हजार कित्ता प्रवद्र्धन शेयर रहेको छ ।

त्यस्तै, पौडेलको नाममा सानिमा माइ हाइड्रोपावरको ९२ हजार ५७९ कित्ता साधारण शेयर रहेको पनि विवरणमा देखाइएको छ । प्रतिभा शर्माको नाममा रहेको ग्लोबेको प्रालिको ७५ हजार कित्ता प्रवद्र्धक शेयरलाई पनि गनर्भर पौडेलको सम्पत्ति विवरणमा देखाइएको छ । त्यस्तै, शर्माको नाममा २०७७ भदौमा रू ४४ लाखमा खरिद गरिएको सुजुकी कारलाई पनि गभर्नर पौडेलको सम्पत्ति विवरणमा खुलाइएको छ । अधिकांश सम्पत्तिको स्रोतका रूपमा स्वआर्जन र पैतृक सम्पत्ति देखाइएको छ ।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  ६ : ११ बजे

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि