२४ भदौ २०८३, बुधबार | September 9, 2026

कालिका मानवज्ञान माविका पत्रकारिताका विद्यार्थीहरुलाई प्रदेश सरकारको छात्रवृति



बुटवल । कालिका मानवज्ञान मावि बुटवलमा आमसंचार तथा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई लुम्बिनी प्रदेश सरकारले छात्रवृति प्रदान गरेको छ । प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयको आमसंचार अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहन कार्यक्रम अन्तर्गत विद्यालयमा आमसंचार तथा पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीहरु मध्ये २६ जनालाई जनही २५ हजार रुपैयाँको दरले छात्रवृति प्रदान गरिएको हो ।

मन्त्रालयले उपलब्ध गराएको छात्रवृति रकम विद्यालयमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । छात्रवृति वितरण कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक दिनेश थापाले राज्यको चौथो अंग संचार क्षेत्रलाई मानिने भएकोले यो क्षेत्रमा आवस्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न विद्यालयले २०६५ सालदेखि आमसंचार र पत्रकारिता विषय पढाईरहेको बताए ।

उनले पत्रकारिताका विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा दिनको लागि विद्यालयमै सुविधासम्पन्न स्टुडियोको निर्माण गरिएको र विभिन्न संचार गृहहरुला लगेर व्यवहारिक तालिम दिने गरिएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीले विद्यालयले विद्यार्थीहरुलाई विभिन्न किसिमका छात्रवृतिहरु प्रदान गरेर विद्यार्थीहरुलाई प्रोत्साहित गरिरहेको अवस्थामा प्रदेश सरकारले समेत विद्यार्थीहरुलाई छात्रवृति उपलब्ध गराउदा विद्यार्थीहरुलाई निर्वाध किसिमले आफ्नो पढाई पुरा गर्न र उच्च शिक्षाको बाटो तय गर्न समेत मद्दत पुग्ने बताए ।

आमसंचार तथा पत्रकारिताका विषय प्रमुख शेर बहादुर केसीले प्रदेश सरकारले आमसंचार पढ्ने विद्यार्थीलाई छात्रवृति प्रदान गरेकोमा धन्यवाद दिदै यस्ता छात्रवृतिले विद्यार्थीहरुलाई अध्ययन पुरा गर्न मात्र नभएर पत्रकारिताको क्षेत्रमा आवस्यक दक्ष र जिम्मेवार जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने बताए । छात्रवृति वितरण कार्यक्रमको संचालन इन्चार्ज बिमल आत्रेयले गरेका थिए ।

प्रकाशित मिति : १२ असार २०८२, बिहिबार  ९ : ०७ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४