१८ माघ २०८२, आइतबार | February 1, 2026

अध्यक्ष प्रचण्डद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन



काठमडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गरेका छन् ।

आज राति नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डले विद्यार्थीहरूको मेहिनत, लगनशीलता र दृढ सङ्कल्पमा साथ दिने शिक्षक÷शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गरेका छन् ।

उनले अपेक्षित नतिजाबाट वञ्चित विद्यार्थीहरूलाई निराश नहुन आग्रहसहित आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । अध्यक्ष प्रचण्डले भनेका छन्, “राष्ट्र निर्माण र समृद्धिका लागि आजको उपलब्धिले प्रेरणा मिलोस् भन्ने कामनासहित तपाईंहरू सबैको उज्जवल भविष्यको शुभेच्छा व्यक्त गर्दछु ।”

यसवर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गरेका छन् । गतवर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  १० : १० बजे

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज