काठमाडौं । नेपाली कांग्रेसका निलम्बित सांसद एवं पूर्वमन्त्री एवं मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।
टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनसन्धान आयोगले बस्नेतमाथि विशेष अदालतमा मुद्दा दायर गरेको थियो । बस्नेतमाथि आइतबार थुनछेक बहस गरेपछि विशेष अदालतका न्यायाधीशत्रय तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिनउनी आइतबारै अदालतमा उपस्थित भएका थिए ।


















प्रतिक्रिया