१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

नयाँ पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्छ : सुदर्शन बराल



बुटवल । नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले नयाँ पुस्तालाई क्रान्तिको इतिहास बुझाउनुपर्ने बताएका छन । आइतबार शहीद रमेश यादवको २० औँ स्मृति सभा तथा राष्ट्रिय धान दिवस कार्यक्रम बोल्दै नेता बरालले शहिद र अग्रजको सम्मान नहुने देश कहिल्यै अघि नवढ्ने भएकाले युवा पुरस्तालाई क्रान्तिको इतिहास बुझाउनु पर्ने बताए । दश बर्षे जनयुद्धको बलमा प्राप्त उपलब्धि सामान्य नभएको उल्लेख गर्दै उनले योद्धाहरुले गरेको त्याग तपस्या र बलिदानीको उच्च मुल्याङ्क गर्नु पर्नेमा जोड दिए ।

नेता बरालले राज्य सञ्चालकहरु शहिदले देखाएको मार्गमा हिड्न नसक्दा समाजमा असन्तुष्टिका स्वरहरु सुनिन थालेको बताए ।“ शहीद रमेश यादवले देखेको सपना समाजमा न्याय, समानता र समावेशीताको स्थापनासँग जोडिएको थियो त्यो सपना अझै पू र्ण रूपमा साकार हुन बाँकी छ ” उनले भने ।

नेकपा माओवादी केन्द्र रुपन्देही इन्जार्च तथा शहिद रमेश यादवको धर्मपत्नी सोनिया यादवले आफुले श्रीमानले देखाएको पदचाप पछ्याइरहेको बताइन् । उनले शहिद यादवले क्रान्तिलाई धोका दिन नमान्दा ज्यान गुमाउनु परेको स्मरण गरिन् । “उहाँले आफ्ना साथिहरुको बारेमा सेनालाई बताइदिएको भए बाँच्नु हुन्थ्यो तर उहाँले बचाउनु भयो क्रान्तिलाई धोका दिनु भन्दा सेनाको गोली खान तयार हुनु भयो” उनले भनिन् ।

माओवादी केन्द्र रुपन्देही संयोजक नारायण जिसि निर्मलले जयुद्धका क्रममा होनाहार नेताहरु गुमाउनु परेको स्मरण गरे । शहिद भएका नेताहरुको अभाव अहिले खट्कीरहने बताउँदै उनले शहिदको सपना पुरा गर्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिए । उनले पार्टी सधैँ शहिद परिवारको साथमा रहेको बताए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ९ : ४५ बजे

नेपालगन्ज विमानस्थलबाट राँझा चोकसम्म नि:शुल्क बससेवा

नेपालगन्ज । हवाई यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले नेपालगन्ज

उपचारका क्रममा विरामीको मृत्यु भएपछि भेरी अस्पतालमा तनाव, ओपिडी सेवा बन्द

नेपालगन्ज । उपचारका क्रममा मृत्यु भएकी एकजना मृतकका अफन्तहरुले अस्पतालका

शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले थुनामा रहेका नेपाल उद्योग वाणिज्य महासंघका

गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका अधिकांश ताल सुक्न थालेपछि

पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या

काठमाडौं । सार्वजनिक सवारीसाधन सञ्चालनका लागि गोँगबुस्थित नयाँबसपार्क सञ्चालनमा रहे