११ माघ २०८२, आइतबार | January 25, 2026

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने



तनहुँ । आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती उहाँको जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने भएको छ । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिको मङ्गलबारको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार यही असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन, काव्यसन्ध्या, प्रभातफेरीलगायतथ कार्यक्रम आयोजना हुनेछन् ।

विसं १८७१ असार २९ गते जन्मिनुभएका आचार्यको १९२५ साल असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रूपमा परिचित भानुभक्त वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात छन् ।

भानुभक्तका समकालीन साहित्यकार मोतीराम भट्टले उनलाई आदिकवि उपाधि दिएका हुन् । भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, वधुशिक्षालगायत कृति लेखेका थिए । उनका ती कृतिका पाण्डुलिपि सङ्ग्रह गरेर मोतीराम भट्टले पुस्तकका रूपमा प्रकाशन गरेपछि उनी नेपाली साहित्यिमा स्थापित भएको मानिन्छ ।

प्रकाशित मिति : १८ असार २०८२, बुधबार  १० : ४२ बजे

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक

एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे

बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर

केपी ओलीसँग एउटै मञ्चमा पब्लिक डिबेट नगर्ने बालेन शाहको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)