१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

कुलिङ पिरियड प्रकरणमा खसीको टाउको देखाएर कुकुरको मासु बेचियो : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती विधेयकमा कुलिङ पिरियड प्रकरणमा खसीको टाउको देखाएर कुकुरको मासु बेचेको जस्तो भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुलिङ पिरियड प्रकरणले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको पुष्टी गर्न खोजेको बताएका हुन् ।

उनले जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा आफुहरुले संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको स्मरण गरे । अहिले समितिको प्रतिवेदनउपर भइरहेको छेडखानी त्यस्तै रहेको उनको भनाई छ ।

आफू सरकारमा रहँदा आफू प्रत्येक पटक मुलुकलाई समाजवादतर्फ नै लैजाने बल गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको जिकिर गरे ।

नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै उनले समाजवादको जग बसाल्न कम्युनिष्टहरूलेनै सुरू गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ४ : ५० बजे

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल

शैक्षिक परामर्श व्यवसायीद्वारा काठमाडौंमा प्रदर्शन

काठमाडौं । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले शैक्षिक परामर्श, भाषा

मुख्य निकास साँघुरिँदा उपत्यकामा बढ्यो डुबानको सास्ती

काठमाडौं । अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको

आर्थिक वर्षको पहिलो दिन नेप्से परिसूचक ७९ दशमलव ७४ अङ्कले बुम

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन धितोपत्र बजारमा सेयर

पैचो पसल पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण, १२ वर्षको विश्वास अब नयाँ उचाइमा

काठमाडौं। नेपाली कृषि, ग्रामीण उद्यमशीलता र स्वदेशी उत्पादनको मूल्य अभिवृद्धिलाई