१ पुस २०८२, मंगलबार | December 16, 2025

कुलिङ पिरियड प्रकरणमा खसीको टाउको देखाएर कुकुरको मासु बेचियो : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती विधेयकमा कुलिङ पिरियड प्रकरणमा खसीको टाउको देखाएर कुकुरको मासु बेचेको जस्तो भएको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा समाजवादी दर्शनको रूपरेखा नामक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कुलिङ पिरियड प्रकरणले संसदीय व्यवस्था ‘खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने’ प्रणाली भएको पुष्टी गर्न खोजेको बताएका हुन् ।

उनले जनवादी क्रान्तिको क्रममा माक्सवादको प्रचार गर्दा आफुहरुले संसदीय व्यवस्था भनेको खसीको टाउको झुन्ड्याउने र कुकुरको मासु बेच्ने सिस्टम हो भनेर खुब प्रचार गरिएको स्मरण गरे । अहिले समितिको प्रतिवेदनउपर भइरहेको छेडखानी त्यस्तै रहेको उनको भनाई छ ।

आफू सरकारमा रहँदा आफू प्रत्येक पटक मुलुकलाई समाजवादतर्फ नै लैजाने बल गरेको दाबी गर्दै अध्यक्ष प्रचण्डले नेपालमा पुँजीवादी जनवादी क्रान्तिको प्रमुख कार्यभार पूरा भएको जिकिर गरे ।

नेपाली समाज अब समाजवादी क्रान्तिको चरणमा पुगेको बताउँदै उनले समाजवादको जग बसाल्न कम्युनिष्टहरूलेनै सुरू गर्नुपर्ने उल्लेख गरे ।

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ४ : ५० बजे

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा

लागुऔषध ओसारपसार गर्ने एक भारतीयसहित तीन जना पक्राउ

काठमाडौं । प्रहरीले लागुऔषध ओसारपसार तथा बिक्रीवितरण गरेको अभियोगमा एक

पाँच फर्मलाई जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच