३ पुस २०८२, बिहिबार | December 18, 2025

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश



काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई साइबर क्राइमको मुद्दामा २५ हजार धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।

न्यायाधीश खेमराज भट्टको इजलासले बिहीबार उक्त आदेश दिएको हो।

पाठक बिहीबार नै जिल्ला अदालतमा उपस्थित भएपछि उनको बयान लिएर थुनछेक बहस सम्पन्न भएको थियो।

नेपाल प्रहरीको साइबर ब्युरोले पाठकले युट्युबमार्फत प्रसारण गरेको सामग्रीमाथि अनुसन्धान गरेको थियो। उक्त सामग्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवा र उनका छोरा जयवीर देउवाको हिल्टन तारे होटलमा लगानी रहेको तथा अस्ट्रेलिया, क्यानडा र दुबईमा समेत लगानी रहेको दाबी गरिएको थियो।

प्रहरीले उक्त भिडियो, स्क्रिनसट र कागजातहरू अभियोग पत्रसहित अदालतमा पेस गरेको छ। यद्यपि, उच्च अदालत पाटनको अन्तरिम आदेशले पाठकलाई पक्राउ गर्न रोक लगाएको कारण उनको बयान नलिई अभियोग पत्र दायर गरिएको थियो।

 

 

प्रकाशित मिति : १९ असार २०८२, बिहिबार  ५ : ३४ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको