१३ फाल्गुन २०८२, बुधबार | February 25, 2026

उपत्यकामा चहलपहल बढ्यो, मापदण्ड उल्लंघन गर्नेलाई कारबाही



काठमाडौं । काठमाडौं उपत्यकामा जारी तीन हप्ता लामो निषेधाज्ञा खुकुलो भई बिहीबारबाट राजधानीमा चहलपहल बढेको छ ।

निजी तथा सार्वजनिक सवारी साधनहरू सञ्चालनमा जोर–बिजोर लागू गरिएसँगै सडकमा सवारीको चाप केही बढेको छ भने व्यापार व्यवसाय तथा पसल खुलेका छन् । निषेधाज्ञा खुकुलो भएसँगै मापदण्ड उल्लङ्घन गर्नेविरुद्ध कारबाही सुरु भएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले दशैँ–तिहार नजिकिँदै गएकाले पनि सवारीको चाप ह्वात्तै बढेको हुनसक्ने बताए । जोर–बिजोरको पालना नगरी चलाइएका एक हजारभन्दा बढी सवारी नियन्त्रणमा लिएको उनले बताए ।

त्यस्तै स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना नगर्ने सवारीमा सवारी यात्रु झार्नेदेखि चालकलाई कारबाही गर्न थालिएको छ । कोरोना सङ्क्रमण महामारी भयावह बन्न सक्ने खतराका कारण कतिपय व्यापार, व्यवसाय र पसलहरू खोल्न तथा सञ्चालन गर्न साताको बार र निश्चित समय तोकिए पनि अधिकांश व्यवसाय खुलेपछि कोरोना सङ्क्रमणको त्रास बढेको छ ।

काठमाडौं उपत्यकाको भित्री बस्ती, टोल र गल्लीका प्रायः सबै किराना पसल तथा व्यवसाय खुलेका छन् । पसल तथा व्यवसाय नियमित रूपमा खुलेसँगै सर्वसाधारणको चहलपहल बढेको छ ।

निषेधाज्ञा खुकुलो भएको पहिलो दिनमा नै जिल्ला प्रशासन कार्यालयबाट जारी निर्देशनको पूर्ण पालना भएको देखिँदैन । पसलहरूले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । न्युरोड रञ्जना मलका व्यापारी राजेश गुप्ता पहिलो दिनमा सरसफाइ गर्नुपर्ने भएकाले सतर्कता नअपनाइएको बताउछन ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षा मापदण्ड नअपनाउने तथा निर्णयको कार्यान्वयन नगर्ने जोकोहीलाई कारबाही हुने चेतावनी दिए ।

विभिन्न निकायबाट बजार अनुगमन भइराखेको भन्दै उनले भने, सञ्चालन गर्न सकिने १९ बुँदे क्रियाकलाप र निषेध गरिएका आठ बुँदे निर्णयविरुद्धका गतिविधि बन्द गरी सङ्क्रमण रोग नियन्त्रण कानुन अनुसार कारबाही हुने छ । उक्त समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७, शुक्रबार  ६ : ४५ बजे

अनलाइन ठगीमा परेका ३९२ नेपालीको उद्धार, सयौँ उद्धारको पर्खाइमा

काठमाडौैँ । पछिल्लो समय धेरै सङ्ख्यामा नेपाली नागरिक थाइल्याण्ड, लाओस

लोकतन्त्रमा जनता नै शक्तिशाली, जनताले चाहेपछि परिवर्तन सम्भव : शुधान्सु कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले लोकतन्त्रमा जनता

निष्पक्ष निर्वाचन गराउन राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगरले आसन्न

नेकपा पहिलो दल बन्छ : संयोजक प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल

‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’

काठमाडौं । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला