२९ मंसिर २०८२, सोमबार | December 15, 2025

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता



काठमाडौं । नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिए ।

महिला ६८ केजीमाथि कराते महासङ्घबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए । प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक–एक स्वर्ण तथा टिम कुमुतेमा रजत जिते । नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।

श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बनेको छ । भारतले २३ स्वर्ण, २४ रजत र १२ कास्य जित्यो । तेस्रो स्थानको श्रीलङ्काले १६ स्वर्ण, २० रजत र २३ कास्य हात पा¥यो भने तीन स्वर्ण, सात रजत र १४ कास्य जितेको बङ्गलादेश चौथो भयो । छ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत, सात कास्यका साथ पाँचौँ र एक रजत, एक कास्यका साथ भुटान छैटौँ भएको हो ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : १५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती