१४ बैशाख २०८३, सोमबार | April 27, 2026

दक्षिण एसियाली करातेमा नेपाल उपविजेता



काठमाडौं । नेपाल नवौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उपविजेता बनेको छ । नेपाल २१ स्वर्ण, नौ रजत र २० कास्यसहित टिम उपविजेता भएको नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले जानकारी दिए ।

महिला ६८ केजीमाथि कराते महासङ्घबाट हिमालयन वारियर्स उपनाम पाएकी एरिका गुरुङ, ५० केजीमा पुष्पका लामा, ५५ केजीमुनि सविना श्रेष्ठले व्यक्तिगत र टिम कुमुतेमा नेपाललाई दोहोरो स्वर्ण दिलाए । प्रदीप बैजाली मगरले यु–२१ र सिनियरको व्यक्तिगत कुमुतेमा समान एक–एक स्वर्ण तथा टिम कुमुतेमा रजत जिते । नेपालमा भएको सातौँ संस्करण र भुटानमा भएको आठौँ संस्करणमा भने नेपाल टिम च्याम्पियन बनेको थियो ।

श्रीलङ्काको कोलम्बोमा भएको प्रतियोगतामा भारत टिम च्याम्पियन बनेको छ । भारतले २३ स्वर्ण, २४ रजत र १२ कास्य जित्यो । तेस्रो स्थानको श्रीलङ्काले १६ स्वर्ण, २० रजत र २३ कास्य हात पा¥यो भने तीन स्वर्ण, सात रजत र १४ कास्य जितेको बङ्गलादेश चौथो भयो । छ राष्ट्र सहभागी प्रतियोगितामा पाकिस्तान एक रजत, सात कास्यका साथ पाँचौँ र एक रजत, एक कास्यका साथ भुटान छैटौँ भएको हो ।

 

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  ३ : १५ बजे

मुस्ताङमा यार्सा सङ्कलन सुरु

मुस्ताङ । मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा संकलन सुरु भएको छ

ठूलो जनमत प्राप्त गरेको सरकार अलोकप्रिय नबनोस् : प्रदीप पौडेल

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले ठूलो जनमतसहित गठन

नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङदेम्बेलाई संसदीय दलको नेता बनाउने

शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि

राष्ट्रपतिद्वारा भानु साहित्य उद्यानको शिलान्यास

तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घामा निर्माण