२९ मंसिर २०८२, सोमबार | December 15, 2025

बुटवल उपमहानगरले सञ्चालन गरेकोे ५ वटा तालिमको एकसाथ समापन



बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजनमा भएका विभिन्न ५ प्रकारका तालिम सम्पन्न भएका छन् । उपप्रमुख आत्मनिर्भर महिला उद्यम विकास कार्यक्रम अन्तरगत संचालन गरिएका विभिन्न तालिमहरु सम्पन्न भएका हुन् ।

तालिम समापन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उपमहानगरबाट तालिम पाएकाहरु कतै न कतै रोजगारीमा जोडिएको बताए । उनले उपमहानगरले तालिमहरुमा लगानी गर्दा प्रभावकारीतामा ध्यान दिने भएको उल्लेख गर्दै अहिले सीप सिकेका सबै रोजगारीमा जोडिएमा आगामी वर्षहरुमा थप तालिमहरु सञ्चालन गरिने बताए ।

नगरभित्रका स्थानीयलाई आत्मनिर्भर बनाउनको लागि उपमहानगरले ५० भन्दा धेरै प्रकारका तालिमहरु गर्दै आईरहेको जानकारी गराउँदै उनले जनशक्ति उत्पादन र रोजगारीमा जोड्ने योजना अनुसार नै उपमहानगरले कार्यक्रमहरु संचालन गर्दै आएको बताए ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेबी अर्यालले सीप विकासका तालिम महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले महिलाहरुलाई आत्मनिर्भर बनाउनको लागि उपमहानगरले बिभिन्न किसिमका कार्यहरु गरिरहेको बताउँदै महिलालाई सीप र रोजगारमा जोड्नेगरी बुटवलले काम गरिरहेको जनाइन् ।

आर्थिक एवं समाज कल्याण महासाखा प्रमुख तुल्सा अर्यालले सीप विकासका तालिम महत्वपूर्ण रहेको उल्लेख गर्दै महिलालाई सीप र रोजगारमा जोड्नेगरी कार्य योजना बनेको जानकारी दिइन् ।

४५ दिने जेष्ठ नागरिक केयर गिभर तालिम र आधारभुत ब्युटिसियन तथा १ महिने तालिमहरु मन्टेस्वरी, एडभान्स फेसन डिजाईन र एडभान्स सिलाईकटाई तालिम सञ्चाल भएका थिए। यी ५ तालिममा १२५ जना सहभागी भएको उपमहानरले जनाएको छ । तालिममा सहभागीहरुलाई नगर प्रमुख पाण्डेय र उप प्रमुख अर्यालले प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : २२ असार २०८२, आइतबार  १० : ०० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले