६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि आग्रह

नेपाल र जर्मनीबीच सिधा हवाई उडानका लागि आग्रह



काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र जर्मनीका विदेशमन्त्री डा जोहान डेविड वेडफुलबीच आज द्विपक्षीय भेटवार्ता भएको छ । जर्मनीको बर्लिनमा भएको सो वार्ताका क्रममा नेपाल जर्मनी सम्बन्ध, द्विपक्षीय हित र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो ।

त्यस अवसरमा मन्त्री डा राणाले जर्मनी नेपालको ठूलो र पुरानो विकास एवं व्यापार साझेदारमध्येको एक प्रमुख देश जर्मनीबाट आर्थिक, सामाजिकलगायतका क्षेत्रमा निरन्तर सहयोग प्राप्त भएको स्मरण गर्दै जर्मनी सरकार एवं जर्मन नागरिकप्रति धन्यवादज्ञापन गरिन ।

मन्त्री डा राणाले नेपाल र जर्मनीबीचको द्विपक्षीय व्यापार-व्यवसायलाई थप प्रवद्र्धन गर्न सामूहिक प्रयास हुनुपर्ने र दुवै देशका निजी क्षेत्रबीचको सञ्जाललाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै नेपालमा रासायनिक मल उत्पादन कारखानालगायतका क्षेत्रमा जर्मनीको लगानीका लागि आग्रह गरेकी थिइन ।

त्यस अवसरमा मन्त्री डा राणाले सन् २०२६ मा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भएपछिको सम्भावित चुनौती र अवसरलाई सहज एवं दिगो बनाउन आवश्यक रणनीति बनाइरहेको जानकारी दिँदै त्यसपछिका दिनमा पनि नेपालले जर्मनी, युरोपियन युनियन एवं अन्य साझेदारहरुबाट स्रोत, प्रविधि र आर्थिक सहयोगको अपेक्षा गरेको पनि बताइन ।

त्यसैगरी, मन्त्री डा राणाले सन् २०२७ देखि २०२९ सम्मका लागि मानवअधिकार परिषद्को सदस्य, २०२९ देखि २०३१ सम्मका लागि आर्थिक तथा सामाजिक परिषद् सदस्य र सन् २०३७ देखि २०३८ का लागि सुरक्षा परिषद्को अस्थायी सदस्यमा नेपालले उम्मेदवारी दिएको जानकारी गराउँदै सहयोगका लागि आग्रह गर्दै विदेशमन्त्री डेविडले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

जर्मनी नेपालका लागि युरोपको दोस्रो ठूलो पर्यटक स्रोत रहेको तथा दुई देशबीच पर्यटनको ठूलो सम्भावना रहेको भए पनि प्रत्यक्ष हवाई सम्पर्कको अभावमा यसबाट पूर्ण मात्रामा लाभ लिन नसकिरहेकाले दुई देशबीच सिधा उडानका लागि पनि मन्त्री डा राणाले सो अवसरमा आग्रह गरिन ।

नेपाली ‘एयरलाइन्स’हरू युरोपियन युनियनको हवाई सुरक्षा सूचीमा सूचीबद्ध भएपछिको उडान प्रतिबन्धका कारण नेपाल र युरोपबीच सिधा उडानहरू हुन नसक्दा दुई देशबीचको पर्यटन प्रवद्र्धनमा गम्भीर असर परिरहेको उनले स्पष्ट पारिन ।

नेपाल सरकारले नागरिक उड्डयन प्राधिकरणको पुनर्संरचना गर्न संसद्मा दुई विधेयक पेस गरेको र प्रस्तावित कानुन विश्वकै उत्कृष्ट अभ्यास मात्र नभएर इयु र आइकाओको सिफारिसबमोजिम रहेकाले नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने भूमिकाका लागि इयुको एक प्रभावशाली सदस्य राष्ट्रसमेत रहेको जर्मनीसँग अनुरोध गर्दै जर्मनीका विदेशमन्त्री डेविडले सो सम्बन्धमा पनि आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका थिए ।

सो भेटका क्रममा परराष्ट्रमन्त्री डा राणाले नेपालमा जलवायु परिवर्तनको अकल्पनीय असर परिरहेको र यसबाट देशले अनेक दुष्परिणाम व्यहोरिरहेको प्रसङ्ग उल्लेख गर्दै नेपालले अघि सारिरहेको जलवायु न्यायको अभियानमा जर्मनीसँग पनि सहयोगको अपेक्षा गरिन ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  ५ : २१ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३