६ माघ २०८२, मंगलबार | January 20, 2026

युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा



काठमाडौं । स्विडेन र जर्मनी युरो कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’मा भएको खेलमा जर्मनीले डेनमार्कलाई २-१ ले तथा स्विडेनले पोल्यान्डलाई ३-० ले हराएको छ ।

आठ पटकको विजेता जर्मनीको विरुद्धमा दुई पटक भिएआर निर्णय भएको थियो । रोचक बनेको गएरातिको खेलमा क्लारा बाउलको गोल अमान्य घोषित भयो भने पेनाल्टी निर्णय पनि उल्ट्याइएको थियो ।

खेलको २६ औँ मिनेटमा अनाली भाङगार्डको गोलमा डेनमार्कले अग्रता लिएको थियो । ५६ औँ मिनेटमा पाएको पेनाल्टी अवसरलाई उपयोग गर्दै नुस्केनले जर्मनीका लागि बराबरी गोल गरिन् । ६६ औँ मिनेटमा स्कलिरले विजयी गोल गरेकी हुन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ०७ बजे

महावीर पुनले गराए म्याग्दीबाट उम्मेदवारी दर्ता

पोखरा । निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले म्याग्दीबाट

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य निरन्तर वृद्धि भएको छ

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र