खजुरा । पेशाले एम्बुलेन्स चालक रहेका कलाकार मोडल राजु सुनारले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । बर्दिया बढैयाताल २ जमुनी सितापुर स्थायी घर भई हाल नेपालगन्ज बस्ने मोडेल कलाकार सुनारलले आज एक समारोबीच म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको नेपाली आधुनिक गीत ‘नसाँचो बोलेउ तिमी’ मा चर्चित गायक प्रमोद खरेलको आवाज रहेको छ । कृष्णा रोका ‘अलपत्र’ को शब्द रहेको गीतमा सन्तोष श्रेष्ठले संगीत भरेका छन् । सिनेमटोग्राफीमा प्रविन खड्काले गरेको म्युजिक भिडियोमा डियोको सम्पादन दीपक विष्टले गरेका हुन् । प्रविन खड्काले निर्देशन गरेको म्युजिक भिडियोमा राजु सुनार, गीता खड्का र जयालाल डाँगीले अभिनय गरेका हुन् ।
खजुरा स्थित द मण्डला क्याफे एण्ड रेष्ट्रोमा जन्मदिन मनाउँदै भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियो दाङ घोराहीको घोर्दौराको विभिन्न स्थानमा छायांकन गरिएको कलाकार सुनारले बताए । मोडल सुनार एम्बुलेन्स चालक पनि हुन । कलाकारितामा सक्रिय सुनार पछिल्ला दिनमा म्युजिक भिडियोहरुमा देखिदै आएका छन् । गीतको म्युजिक भिडियो जलजला टिभिको युटुब च्यानलमा हेर्न सकिन्छ ।


















प्रतिक्रिया