३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

चिमखोला-राहुघाट प्रसारण लाइनको परीक्षण थालियो



म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन निर्माण भएको दुई सय २० केभी क्षमताको चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण थालिएको छ ।

पैतीस मेगावाट क्षमताको चिमखोला–मंगले राहुघाट, ४८.५ मेगावाट क्षमताको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाको विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन चिमखोला देखि गलेश्वर स्थित राहुघाट जलविद्युत आयोजनाको स्विचयार्ड सम्म १३ किलोमिटर लामो प्रशारण लाइन निर्माण भएको हो ।

नेपाल विद्युत प्राधिकरण मार्फत रघुगङ्गा –३ अम्बाङमा निर्माणाधिन सवस्टेशन सम्पन्न नहुँदा सम्मको लागि अस्थायी रुपमा राहुघाटको स्विचयार्डबाट २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन मार्फत केन्द्रीय प्रणालीमा विद्युत पठाउन लागिएको चिमखोला–मंगले राहुघाट र माथिल्लो राहुघाटको प्रर्वद्धक तुँदि पावरका प्रतिनिधि उपेन्द्र गौतमले बताए ।

चिमखोला–मंगले राहुघाट र ठूलोखोला जलविद्युत आयोजनाको बाँध, सुरुङ, पेनस्टक पाइप लगायत भौतिक संरचना र विद्युतगृहका उपकरणको केन्द्रीय भइसकेको छ । माथिल्लो राहुघाट र माथिल्लो ठूलोखोला निर्माणको अन्तिम चरणमा छन् ।

चिमखोला देखि गलेश्वर स्थित राहुघाटको स्विचयार्ड जोड्ने प्रशारण लाइनमा विद्युत आपुर्ति गराएर परिक्षण गराउन थालिएको तुँदिका प्रतिनिधी गौतमले बताए। परिक्षण लगत्तै केन्द्रिय प्रणालीमा विद्युत जोडिने उनले बताए। चिमखोला देखि राहुघाटसम्म ३९ टावर छन् ।

चार आयोजनाले सहकार्य गरेर एउटै प्रशारण लाइन मार्फत विद्युत आपूर्ति गर्ने संरचना बनाएका छन् । एक देखि अर्को आयोजनाको स्विचयार्ड सम्म सम्बन्धीत आयोजना र त्यसपछि सवस्टेशनतर्फ सहकार्य गरेर प्रशारण लाइन बनाएका हुन् ।

परीक्षण शुरु भएको प्रशारण लाइनको टावर र तार नछुन तथा राहुघाट नदी किनारमा जाँदा सतर्कता अपनाउन तुँदि पावरले बिहीबार एक सार्वजनिक सूचना जारी गरेर प्रभावित क्षेत्रका बासिन्दाहरुलाई आग्रह गरेको छ । रघुगङ्गा गाउँपालिकाको ३, ४ र ७ नम्बर वडामा प्रशारण लाइन र टावर निर्माण भएको छ ।

विद्युतगृहमा पानी हाल्न थालेपछि नदीको सतह घटबढ हुने हुँदा माछा मार्ने, पौडि खेल्ने, नुहाउने, दाउरा छोप्न नदी किनारमा नजान तथा गाईबस्तु र पशुचौपाया नलैजान आयोजनाले अनुरोध गरेको हो ।

रासस

प्रकाशित मिति : २६ असार २०८२, बिहिबार  ११ : ४९ बजे

बन्दीपुर अस्पताललाई ४० लाख मूल्यका उपकरण प्रदान

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित बन्दीपुर अस्पताललाई विभिन्न संघसंस्था तथा

प्यारामाउण्ट बोर्डिङ स्कूलद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित

बुटवल । रुपन्देहीको तिलोत्तमा-१ नयाँमिलस्थित प्यारामाउण्ट बोर्डिङ स्कूलले माध्यमिक शिक्षा

डोजर आतंक र जबर्जस्ती उठिबासविरुद्ध माइतीघरमा सुकुम्बासीहरूको प्रदर्शन

काठमाडौं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको डोजर आतंक,

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको

शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने

काठमाडौँ । विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने