३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

अर्घाखाँचीमा बाबुको हत्या गरि मलखाल्डोमा पुर्ने छोरा पक्राउ



बुटवल । अर्घाखाँचीमा ७२ वर्षिय बाबुको झड्केलो छोरोले हत्या गरेर मलखाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्कमा सामान्य घर झगडामा छोराले बुवाको हत्या गरेर नजिकैको मलखाल्डोमा पुरेको भेटिएको हो ।

७२ वर्षीय बाबु जंगबहादुर नेपालीलाई हत्या गरेर मलखाल्डोमा पुरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा झुपे नेपालीलाई पक्राउ गरेको छ । बाबुलाई झुपेले चिर्पट दाउराले टाउको हानेर हत्या गरेको र नजिकैको मलखाल्डोमा पुरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार झुपे नेपालीले बुधवार दिउँसो घरमै बुवाको हत्या गरेका थिए । मदिराले मात्तिएर रिसको झोकमा कुटपिट गरेर बुबाको हत्यापछि शवलाई मलको खाडल भित्र पुरेका थिए ।

मदिराले मात्तिएका झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीको पक्राउमा परेका थिए । अहिले कुटपिट गरि बाबुको हत्या गरेको आरोपमा झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए । झुपे जंगबहादुरका झड्केलो छोरा रहेको स्थानीयले बताएका छन् । छिमेकीसमेत रहेकी वडा सदस्य मिना श्रेष्ठका अनुसार जंगबहादुरले कान्छी श्रीमती बिहे गरेर ल्याउने बेलामै झुपे जन्मिसकेको र बासखर्कमा आएर हुर्केका हुन् ।

बुधवार भने आमा नभएको समयमा बाबुलाई हत्या गरेर नजिकैको मलखाल्डोमा गाडेको अवस्थामा जंगबहादुरको शव भेटिएको वडा सदस्य श्रेष्ठले बताइन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ५९ बजे

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६

इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले विधान संशोधन

एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा

सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले

नेपाल र चीनका सगरमाथा आरोही बेजिङमा सम्मानित

बेइजिङ । चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा