८ माघ २०८२, बिहिबार | January 23, 2026

अर्घाखाँचीमा बाबुको हत्या गरि मलखाल्डोमा पुर्ने छोरा पक्राउ



बुटवल । अर्घाखाँचीमा ७२ वर्षिय बाबुको झड्केलो छोरोले हत्या गरेर मलखाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । सन्धिखर्क नगरपालिकाको वडा नं १२ डिभर्ना बार्सखर्कमा सामान्य घर झगडामा छोराले बुवाको हत्या गरेर नजिकैको मलखाल्डोमा पुरेको भेटिएको हो ।

७२ वर्षीय बाबु जंगबहादुर नेपालीलाई हत्या गरेर मलखाल्डोमा पुरेको आरोपमा प्रहरीले ४० वर्षीय छोरा झुपे नेपालीलाई पक्राउ गरेको छ । बाबुलाई झुपेले चिर्पट दाउराले टाउको हानेर हत्या गरेको र नजिकैको मलखाल्डोमा पुरेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार झुपे नेपालीले बुधवार दिउँसो घरमै बुवाको हत्या गरेका थिए । मदिराले मात्तिएर रिसको झोकमा कुटपिट गरेर बुबाको हत्यापछि शवलाई मलको खाडल भित्र पुरेका थिए ।

मदिराले मात्तिएका झुपे दुई महिनाअघि पनि अभद्र व्यवहारमा प्रहरीको पक्राउमा परेका थिए । अहिले कुटपिट गरि बाबुको हत्या गरेको आरोपमा झुपे नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी मल्लले बताए । झुपे जंगबहादुरका झड्केलो छोरा रहेको स्थानीयले बताएका छन् । छिमेकीसमेत रहेकी वडा सदस्य मिना श्रेष्ठका अनुसार जंगबहादुरले कान्छी श्रीमती बिहे गरेर ल्याउने बेलामै झुपे जन्मिसकेको र बासखर्कमा आएर हुर्केका हुन् ।

बुधवार भने आमा नभएको समयमा बाबुलाई हत्या गरेर नजिकैको मलखाल्डोमा गाडेको अवस्थामा जंगबहादुरको शव भेटिएको वडा सदस्य श्रेष्ठले बताइन् ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ५९ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा