११ चैत्र २०८२, बुधबार | March 25, 2026

एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको अभियानबीच पार्टी एकता हुने



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान)बीच पार्टी एकता गर्ने सहमति भएको छ।

शुक्रबार अध्यक्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अभियाका वामदेव गौतमले एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। उक्त सहमतिपत्रअनुसार आउँदो साउन २ गते पार्टी एकता घोषणा गरिने उल्लेख छ।

सहमतिमा भनिएको छ, “राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको, साथै नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गर्दै हामी एकताबद्ध हुने सहमति गर्दछौं।”

२०७७ सालमा नेकपा विभाजन भएपछि वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ गठन गर्दै छुट्टै बाटो रोजेका थिए। एमाले र माओवादी केन्द्र छुट्टिएपछि २०७८ सालमा माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) स्थापना गरेका थिए।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १२ : ४२ बजे

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत

एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक

सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी