७ आश्विन २०८३, बुधबार | September 23, 2026

नवराज सुवेदीको नेतृत्वमा राप्रपाका असन्तुष्ट नेताहरू निर्वाचन आयोगमा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक असन्तोष अझ चुलिँदै गएको छ। गत चैतमा पार्टी छोडेर स्वतन्त्र नागरिक बनेको सार्वजनिक घोषणा गरेका राजावादी नेता नवराज सुवेदीको नेतृत्वमा राप्रपाको असन्तुष्ट समूह आज निर्वाचन आयोग पुगेको हो ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले असार २५ गते केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र पार्टीका प्रवक्ता सगुन सुन्दर लावतीलाई जिम्मेवारीमुक्त गरेका थिए । उनले उपाध्यक्ष रोशन कार्कीलाई अनुशासन समितिको अध्यक्षमा नियुक्त गरेका छन् ।

यो निर्णयप्रति असन्तुष्टि जनाउँदै शनिबार महामन्त्री धवलशमशेर जबराको निवासमा बसेको असन्तुष्ट नेताहरूको बैठकले निर्वाचन आयोगमामा उजुरी गर्ने निष्कर्ष निकालेको थियो। सोही निर्णयअनुसार आज सुवेदीसहित धवलशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, सगुन सुन्दर लावती लगायत नेताहरू निर्वाचन आयोग पुगेका हुन्। उनीहरूले पार्टीभित्रको आन्तरिक विवाद, निर्णय प्रक्रिया र विधानको उल्लंघन भएको दाबी गर्दै आयोगलाई कारवाही अवैध भएको जानकारी गराउने प्रयास गरेका छन् ।

आयोगमा आफ्ना कुरा जानकारी गराएपछि सुवेदीले संचारकर्मीहरुसँग कुरा गर्दै अहिले देखा परेको विवादले राष्ट्रिय प्रजातन्त्र पार्टी नफुट्ने बताएका छन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  १२ : ३८ बजे

कांग्रेसको ५१२ पालिकामा अधिवेशन सुरु

ललितपुर । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभरका ७५३ पालिकामध्ये

एमाले केन्द्रीय कमिटी बैठकद्वारा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौँ । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ । बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक