३० असार २०८३, मंगलबार | July 14, 2026

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै बुधवार पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी दिएलगत्तै दुबै दलका सांसदहरूले उठेर विरोध जनाए। त्यसक्रममा सभामुखले रास्वपाकी सांसद सुमना श्रेष्ठलाई बोल्न अनुमति दिए। श्रेष्ठले सरकारलाई पुनः चेतावनी दिँदै भिजिट भिसा काण्डमा संसदीय विशेष समिति वा उच्चस्तरीय न्यायिक छानबिन समिति गठन नभएसम्म सदनमा निरन्तर विरोध जारी रहने स्पष्ट पारिन्।

उनपछि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि आफ्ना धारणा राख्दै, विगतदेखि उठाउँदै आएको मागअनुसार कुनै समिति गठन नहुँदासम्म आफ्नो पार्टीले पनि सदनमा सहभागिता जनाउने अवस्था नरहेको बताए।

दुवै नेताहरूको धारणा राखिएपछि रास्वपा र राप्रपाका सम्पूर्ण सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए। दुबै पार्टीले सदनमा निरन्तर बहिष्कार गर्दै आएका छन्।

प्रकाशित मिति : २९ असार २०८२, आइतबार  २ : ०० बजे

मिडियामा गाडी पार्किङ घटनामा जोसुकै भएपनि छानबिन र कारबाही हुनुपर्छ : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारमाध्यमको

प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको

विपद् जोखिम न्यूनीकरण प्रभावकारी बनाउन सभामुखद्वारा सरकारलाई रुलिङ

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले विपद् जोखिम न्यूनीकरणमा प्रभावकारी

संसद्‍बाट केहीबेरमै निस्किएका प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । गत जेठ १७ गतेयता पहिलो पटक संसद्मा उपस्थित

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

चितवन ।नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि सडक सुचारु