१५ माघ २०८२, बिहिबार | January 29, 2026

घुस ‘डिल’ प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई सहभागी गराएरै मन्त्रिपरिषदको बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले घुस डिल प्रकरणमा मुछिएका मन्त्रीलाई सहभागी गराउँदै मन्त्रिपरिषदको बैठक संचालन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा घुस डिल प्रकरणमा विवादित बनेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता पनि सहभागी छन् ।

उनले घुस डिल गरेको अडियो सार्वजनिक भएपछि बर्खास्त गर्न चौतर्फी माग उठेको भएपनि प्रधानमन्त्री ओलीले गुप्तालाई बैठकमा सहभागी गराएका हुन् । ।

सोमबारको बैठकमा सरकारको दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सामान्यतः मन्त्रिपरिषद् बैठक हप्ताको दुई दिन सोमबार र बिहीबार बस्ने गर्छ । अहिले मन्त्रिपरिषद्को बैठक जारी छ ।

मन्त्रीलाई बर्खास्त गर्न सत्ता गठबन्धन र बाहिरबाट समेत चौतर्फी आवाज उठेपनि न त प्रधानमन्त्रीले गुप्ता विरुद्ध कुनै एक्सन लिएका छन्, न त विवादीत मन्त्री गुप्ताले राजिनामा दिएका छन् । अहिले मन्त्रिपरिषद्को बैठक जारी छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  ८ : ५१ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला