४ पुस २०८२, शुक्रबार | December 19, 2025

जुम्लाका सीडीओ कोरोना संक्रमण मुक्त



जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

१० दिनको आइसोलेसन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

सङ्क्रमणमुक्त भएपछि उनले भने, ‘सङ्क्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि तलमाथि भइरह्यो । कोरोना जितेर बाँचेकाको समाचारले खुसी तुल्याउथ्यो । मृत्युको खबरले खुसीमा ह्रास आउँथ्यो ।’

आयुर्वेदिक औषधिको प्रयोगले पनि कोरोना भाइरस जित्न सहयोग पुगेको जनाउँदै उनले कोरोनाको कुनै उपचार नभएको बेला नागरिकहरूको माया, हौसला सहानुभूति र शीघ्र स्वास्थ्य लाभको कामना एवं शुभेच्छा नै कोरानासँग लड्ने आत्मबल एवं संजिवनी बुटीको काम गरेको बताए ।

हरेकले आत्मबल बलियो बनाउँदा कोरोनामाथि विजय हुने उनले विश्वास थियो । एक हप्ताको आइसोलेशन बसाइपछि नियमित काम आउने प्रजिअ थापाले जानकारी दिए ।

कोरोना सङ्क्रमणमुक्त भएका अधिवक्ता दिलबहादुर महतले कोरोनाले भन्दा यसको आतंकले मानिस बढी प्रभावित भएको बताए । कोरोनालाई महामारी र आतंक बनाएर समाजमा भएका अनियमित क्रियाकलाप रोक्नतर्फ सरकारलाई ध्यान पुर्‍याउन उनले आग्रह गरे । रासस

प्रकाशित मिति : २७ भदौ २०७७, शनिबार  ६ : ३३ बजे

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,