१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बागेश्वरी गुठीको अध्यक्षमा गोपाल अधिकारी नियुक्त, कठोर भएर मन्दिर व्यवस्थापनमा लाग्ने प्रतिबद्धता

कहाँ गयो मन्दिरको करोडौंको सम्पत्ति ?



नेपालगन्ज । मुल महन्तको अराजकता र करोडौंको सम्पत्ति हिनामिना भएको अवस्थामा रहेको नेपालगन्जको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरले नयाँ गुठी व्यवस्थापन समिति पाएको छ । नियमित पूजा व्यवस्थापन र मन्दिरको सम्पत्तिको सुरक्षाको जिम्मेवारी सहित गुठी संस्थानले नयाँ गुठी व्यवस्थापन समिति गठन गरि जिम्मेवारी तोकेर पठाएको हो ।

समितिको अध्यक्षमा कांग्रेस बाँकेका उपसभापति गोपाल प्रसाद अधिकारी चयन भएका छन् । समितिको सचिवमा ओम प्रकाश आजाद, कोषाध्यक्षमा मधुसुदन रिजाल, सदस्यमा उमा थापा मगर र सदस्यमा सुनिलसिंह हमाल नियुक्त भएका छन् । गुठी संस्थान नियमावली अनुसार मन्दिर रहेको वडाका वडा अध्यक्ष पदेन सदस्य रहनेछन् भने मालपोत तथा भूमिसुधार कार्यालयका प्रमुख सदस्यसचिव र जिल्ला प्रशासनले ताकेको अधिकृत पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

नवनियुक्त अध्यक्ष अधिकारीले कठीन र चुनौतीपूर्ण जिम्मेवारी प्राप्त गरेको बताउँदै सबै आस्थावानहरुको संलग्नतामा समिति कठोर भएर बागेश्वरी मन्दिरको व्यवस्थापनमा लाग्ने बताए । उनले समाजका प्रतिष्ठित ब्यक्तिहरुलाई मनोनयन गर्ने र आवश्यक परे सर्वदलिय बैठक गरेर भएपनि पूजाको पारदर्शी व्यवस्थापन गरिने जनाए ।

कहाँ गयो मन्दिरको करोडौंको सम्पत्ति ?
बागेश्वरी मन्दिरको नाममा रहेको अथाह जायजेथा कहां कुन अबस्थामा छ खोज्नका लागि कसैले पनी अहिले सम्म इमान्दार प्रयास गरेको छैन । कुनै बेला सयौ बिगाहा जमीन र करोडौ सम्पत्ति जायजेठा भएको बागेश्वरीको सम्पत्तीको रेखदेख र संरक्षण गर्न बागेश्वरीका भक्त हुं भन्नेहरु नै असफल देखीएका छन् ।

सन १२६७ मा बांके कम्पनी सरकारको अधिनस्त रहंदा बलरामपुर स्टेटका महाराज दिग्बिजय सिंहले सनद गरि बागेश्रीलाई ईन्द्रपुर करमोहना क्षेत्रको करिव १ सय बिगाहा जग्गा दिएका थिए । २०२५ साल सम्म बागेश्वरी मन्दिरको नाममा ९९ बिगाहा ५ कट्ठा १४ धुर जग्गा रहेको थियो । बांकेको साबिक ईन्द्रपुर गांउ बिकास समितीको करमोहोना गांउमा मन्दिरको नाममा रहेको उक्त जग्गाको अहिले सबै ब्यक्तिहरुका नाममा पुगेको छ । करमोहोनामा भएको मन्दिरको नाममा रहेको जग्गा मध्ये २०२८।०७।१४ गते तत्कालीन भुमि प्रसासन कार्यालय बांकेको निर्णय अनुसार नित्य पुजा गर्ने र सन्त महन्तहरुको आयमा आवास तथा हण्डि दिने परम्परा अनुसार महन्तका दरसन्तानले खाने गरी महन्त द्धय हरीहरनाथ योगीलाई ९ बिघाहा १९ कट्ठा ५ धुर र चन्दननाथ योगीलाई ९ बिगाहा १३ कट्ठा १२ धुर रजिष्ट्रेसन गरी दिईएको थियो । तत्काल मन्दिरका नाममा रहेको ९९ बिगाहा जग्गा २०२८ सालमा दर्ता हुंदा ८७ बिघाहा २ कट्ठा ३ धुरमा सिमीत भयो । तर बांकी जग्गाको रेकर्ड अहिले सम्म पनी कोही कसैसंग छैन ।

२०२८ सालमा मन्दिरको नाममा रहेको ८७ बिगाहा २ कट्ठा ३ धुर बाट पुजारी महन्तहरुलाई दिई बंचेको शेष जग्गा समेत षडयन्त्रमुलक तरीकाले रैतान गुठिमा परीणत गरी महन्तले बेचि सिध्याएका छन ।

अहिले बागेश्वरीको नाममा खजुराखुर्द गाबिसको वार्ड न। २ मा रहेको ३ बिगाहा ११ कट्ठा १४ धुर र नेपालगञ्जमा गोश्वारा नापीमा दर्ता हुन बांकी हाल मन्दिर रहेको जग्गा बाहेक सरकारी श्रेस्तामा अन्य जग्गा देखीदैन । खजुराखुर्दमा राम प्रसाद दवाडले ४ बिगाहा जग्गा मन्दिरका नाममा चढाएपनी हाल आएर सो जग्गा ३ बिगाहा ११ कट्टा १४ धुरमा सिमीत भएको छ ।

उता परसपुर ९ का बालक अहिरले चढाएको ३ कट्ठा १ धुर जगगाको समेत मन्दिर संग कुनै स्वामित्व छैन । २०१३ सालमा नेपालगञ्ज नगरको सल्यानी बागमा संकर प्रसाद उपाध्यले चढाएको १ बिगाहा १५ कट्ठा जग्गा मन्दिर ब्यबस्थापन समितीले ब्यवास्ता गरेपछी २०२५ सालको सर्भे नापीमा दाता उपाध्यकै श्रीमतीहरुले आफनो नाममा नापी गराएका थिए ।

कुनै बेला नेपालगन्जको सल्यानी बङ्गला रहेको स्थान वरिपरिको झण्डै २४ बिगाहा जग्गा पनि बागेश्वरी गुठीको नामममा रहेको थियो । बङ्गलाबाट उठ्ने भाडा त करिव ५० बर्ष पहिले सम्म बागेश्वरी गुठीले नै उठाउने गर्दथ्यो । तर बागेश्वरी गुठीको त्यो जग्गा कसरी नगरपालिका र ब्यक्तिहरुको नाममा गयो त्यसको समेत लेखाजोखा छैन ।

सबैलाई थाहा छ , २०१७ सालमा तत्त्कलीन राजा महेन्द्रले शासन सत्ता हातमा लिए लगत्तै नेपालभरी रहेका सबै मठ मन्दिरको सम्पूर्ण चल अचल सम्पत्ती राजगुठीमा परिणत भएको घोषणा गर्दै बेचबिखनमा प्रतिबन्ध लगाएका थिए । नेपालका सबै क्षेत्रका मठमन्दिरमा राजाको त्यो हुकुम लागु भयो तर नेपालगन्जको बागेश्वरीमा किन लागु भएर रु राणा र अंग्रेजहरुले मौजा भन्दै बितरण गरेका हजारौ बिगाहा जग्गा भुमिसुधार भन्दै राष्ट्रियकरण भयो तर बागेश्वरी गुठीको जग्गा पुजारीहरुको स्वामीत्वमा कसरी बन्न पुग्यो रु र पुजारीहरुलाई पुजा गरेबापत हण्डी भन्दै १९ बिगाहा भन्दा बढी जग्गा दिए पछि पनि उनीहरुले नै बांकी शेष जग्गा बेच्ने अधिकार कसरी पाए रु यतीबेला यो प्रश्न बागेश्वरीका अगाडी तेर्सिएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  ३ : १३ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज