१४ जेष्ठ २०८३, बिहिबार | May 29, 2026

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित, पाए वरिष्ठ नेताको जिम्मेवारी



काठमाडौं । वामदेव गौतम नेतृत्वमा रहेको राष्ट्रिय एकता अभियान माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा समाहित भएको छ।

शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रममा दुई पार्टीबीच औपचारिक एकता घोषणा गरिएको छ ।

यसअघि, गत शुक्रबार अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले पार्टी एकता सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। सोही सहमतिअनुसार गौतम अब एकीकृत समाजवादीको वरिष्ठ नेता बनेका छन् ।

कार्यक्रममार्फत् उक्त सहमतिको कार्यान्वयन स्वरूप आज एकता सार्वजनिक रूपमा घोषणा गरिएको हो।

घोषणा समारोहमा गौतमले पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । उनले चार वर्षको प्रयासपछि दुई पार्टी एक भएको बताए।

गौतमले आफु एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थित नेता कार्यकर्ताहरू हुटिङ गर्दै स्वागत गरेका थिए । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार  ३ : ३६ बजे

विभिन्न मुलुकका लागि राजदूत पदमा आवेदन/सिफारिस आह्वान

काठमाडौँ । परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकहरूका लागि रिक्त नेपालको राजदूत

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान । मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

कालिगण्डकीमा खसेर रुपन्देहीका एक बालक बेपत्ता

म्याग्दी । म्याग्दी र पर्वतको सिमाना भएर बग्ने कालिगण्डकी नदीमा

छोरी हत्या अभियोगमा आमा पक्राउ

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई

बदली र वर्षाले आगामी केही दिन शीतल महसुस हुने

काठमाडौँ । पछिल्लो केही दिनदेखि नेपालको तराई क्षेत्रमा तापक्रम घट्दा