८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

बुटवल कोरा २०२५ सम्पन्न



बुटवल । मणिमुकुन्द बुटवल कोरा २०२५ को पाचौ संस्करण सफलता पूर्वक सम्पन्न भएको छ । मानव स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवद्र्धनलाई जोडेर बुटवल युनाईटेड क्लबको आयोजनामा कोरा सम्पन्न भएको हो ।

मणिमुकुन्द कलेजबाट शुरु भएको साइक्लिङ रयाली मोतीपुर, नरेश्वरधाम, देविनगर, देवदह चरङे, देवदह मेडिकल कलेज, रामनगर, कालिका कलेज हुदै पुनः मणिमुकुन्द कलेज परिसरमा पुगेर समापन भएको कार्यक्रम संयोजक दिपक कार्कीले बताए ।

कार्यक्रममा सहभागीमध्येबाट देशका विभिन्न साईकल इभेन्टसंगै मेचीमहाकाली साईकल यात्रा गरेका साईक्लिष्ट जोडी हरि गुरुङ (भोटे) र बबिता तमु, आठ वर्षिय राईडर भैरहवाका क्रिष्टोफर श्रेष्ठ, अपाङता राईडर मोहन लाल सुवेदीलाई सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा बुटवल युनाईटेड साईक्लिङ क्लबका सल्लाहकार तथा कलेजका प्राचार्य टुक बहादुर क्षेत्रीले सबै उमेर समुहका सहभागीता रहेको कोरा उत्कृष्ट रुपमा सम्पन्न भएको बताए ।

कार्यक्रममा बुटवल, तिलोत्तमा, सिद्धार्थनगरका एक सय १० जना साईक्लिष्टहरु सहभागी रहेको क्लबका सचिव राजु तिवारीले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ७ : २३ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत