६ श्रावण २०८३, बुधबार | July 22, 2026

दाङको राप्ती गाँउपालिकामा पाठेघरको मुखको क्यान्सर जाँच शिविर : डेढ सय बढी महिलाले लिए सेवा



दाङ। दाङको राप्ती गाउँपालिका–५ स्थित राप्ती आधारभूत अस्पताल कालापानीमा आयोजित पाठेघरको मुखको क्यान्सर जाँच तथा परामर्श शिविरमा डेढ सय भन्दा बढी महिलाहरुले सेवा लिएका छन्।

राप्ती गाउँपालिका, स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था (हिको) र ओसिसारा स्वास्थ्य परामर्श केन्द्र बुटवलको संयुक्त आयोजनामा तथा ए वान केपीएल हेल्थ डायग्नोस्टिक्स, लुम्बिनी राउण्ड टेबल १६ क्लब र सिसहनियाँ उद्योग वाणिज्य संघको सहकार्यमा शिविर संचालन भएको हो।

शिविरमा १ सय ७८ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको आयोजकले जनाएका छन्।

शिविरमा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. प्रायश्चित श्रेष्ठ, डा. शर्मिला शर्मा, नाक–कान–घाँटी रोग विशेषज्ञ डा. के.बी. श्रेष्ठ, रेडियोलोजी विशेषज्ञ डा. तृष्णा श्रेष्ठ, जनरल सर्जन डा. नविन श्रेष्ठ, हाडजोर्नी तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठ, प्याथोलोजिस्ट डा. आदर्श झुनझुनावाला तथा स्वास्थ्यकर्मी रजनी राना, एलिना गुरुङ, बीनिता थापा सारु, शुष्मा श्रेष्ठ लगायतको चिकित्सक टोलीले सेवा प्रदान गरेका थिए । रेडियोलोजिष्ट डा. श्रेष्ठले जाँचमा आएका सम्पूर्ण महिलाहरुको भिडियो एक्सरे सेवा दिएकी थिइन् ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता भएको शिबिरको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले उदघाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री सारुले पछिल्लो समय क्यान्सरजस्ता नसर्ने घातक रोगहरूको जोखिम बढिरहेको उल्लेख गर्दै यस्ता रोगहरूको प्रारम्भिक पहिचान तथा रोकथामका लागि यस्ता स्वास्थ्य शिविरहरू आवश्यक रहेको धारणा राखे । “अब उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनुपर्छ। यस्ता शिविरहरूले रोगको सुरुवाती अवस्था पत्ता लगाउन मद्दत गर्छन्, जसले उपचारलाई सहज र कम खर्चिलो बनाउँछ।” उनले भने ।

मन्त्री सारुले प्रदेश सरकारले मुटु, मिर्गौला र क्यान्सरजस्ता दीर्घरोगहरूको निःशुल्क उपचारका लागि अधिकतम दुई लाख रुपैयाँसम्मको सहायता उपलब्ध गराउँदै आएको जानकारी दिए । साथै, आगामी दिनमा स्वास्थ्य पूर्वाधार सुदृढीकरण, जनचेतना अभिवृद्धि र नियमित स्वास्थ्य परीक्षण कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाइने उल्लेख गरे।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले पछिल्लो समय महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्न पालिकाले अभियानकै रूपमा यस्ता शिविरहरू सञ्चालन गर्दै आएको जानकारी दिए। उनले भने, “स्वास्थ्य नै सम्पत्ति हो भन्ने मान्यतालाई व्यवहारमा उतार्दै रोग लागेपछि होइन, लाग्न नदिनेतर्फ केन्द्रित हुनुपर्छ। समयमै परीक्षण गरिए दीर्घरोगहरूबाट बच्न सकिन्छ।”

अध्यक्ष विष्टले शिविरमा सहयोग पुर्‍याउने सम्पूर्ण संस्था, चिकित्सक र स्वास्थ्यकर्मीहरूप्रति आभार प्रकट गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा उपाध्यक्ष कमलापति चौधरी, स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : ०० बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन