२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सचिवालय बैठकले प्रस्ताव गरेको विधान संशोधनसम्बन्धि प्रस्ताव एमाले पोलिटब्युरोबाट पारित

७० वर्षे हदम्याद र २ कार्यकाल अध्यक्ष बन्न पाउने पावन्दी खारेज, २ खाले सदस्यता



काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठकले सचिवालयबाट निर्णय भएर आएको पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ ।

शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले सचिवालय बैठकबाट पास भएर आएको विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् । सचिवालयबाट प्रस्ताव गरिएको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले बताए । बैठकले २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पनि पारित गरेको छ । संशोधित प्रस्तावमा एमालेमा साधारण र संगठीत गरि दुईथरी सदस्य रहने ब्यवस्था गरिएको छ । उनका अनुसार उपाध्यक्ष बिष्णु पौडेलले बिधान संशोधनको प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।

मुलभूतरुपमा उमेरहद र दुई सदस्यताको एजेण्डा सचिवालयको निर्णयलाई स्वीकर गर्दै सामान्य सुझावलाई समावेश गर्नेगरी विधान संशोधन सम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको उनले बताए ।

पोलिटब्युरो बैठकमा ६८ जना सदस्यले धारणा राखेको पनि गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ८ : १७ बजे

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आज उमेदवारी दर्ता हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा नयाँ