१२ असार २०८३, शुक्रबार | June 26, 2026

मनास्लु क्षेत्र घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि



गोरखा । उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न पुग्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/०८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै विदेशी पर्यटक घुम्न पुगेका छन् ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का प्रमुख सन्तोष शेरचनका अनुसार गत वर्ष साउनदेखि असार मसान्तसम्म एक वर्षको अवधिमा मनास्लु क्षेत्रमा १२ हजार ५१२ विदेशी पर्यटक घुम्न आएका छन् । ‘यो सङ्ख्या हालसम्मकै सर्वाधिक हो, मनास्लु क्षेत्रमा विदेशी पर्यटकको आर्कषण बढ्दै गएको छ’, प्रमुख शेरचनले भने ।

मनास्लु क्षेत्रमा गत आवमा सार्क राष्ट्रका दुई सय ५३ र सार्क राष्ट्रबाहेक अन्य राष्ट्रका १२ हजार हजार दुई सय ४८ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सोही अवधिमा ११ नेपाली पर्यटकले पनि शुल्क तिरेर मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।

मनास्लु क्षेत्रमा आव २०८०/८१ मा नौ हजार ७८३ विदेशी पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो आवको तुलनामा गत आवमा झण्डै दुई हजार ७२९ बढी पर्यटक मनास्लु क्षेत्र पुगेका थिए ।

गत आवमा मनास्लु घुम्न पुग्ने विदेश पर्यटकमध्ये फ्रान्सका सबैभन्दा बढी थिए । फ्रान्सका सात सय ६३ पुरुष र ६ सय ४४ महिलाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए ।

त्यसबाहेक धेरैजसो जर्मनी, संयुक्त राज्य अमेरिका, नेदरल्याण्ड्स, इजरायल, बेलायत, अष्ट्रेलिया, स्पेन, रुस, क्यानडालगायत देशका पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । मनास्लु क्षेत्रमा आव २०७९/०८० मा सात हजार ७५०, आव २०७८/०७९ मा दुई हजार २२२ विदेशी पर्यटक घुम्न आएका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आइतबार  ८ : २४ बजे

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेट, समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रतिनिधिसभाको बैठक फेरि सर्‍यो

काठमाडौं । प्रतिनिधिसभाको आजका लागि निर्धारित बैठक स्थगित भएको छ

प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन्

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धार कार्य तीव्र

काठमाडौं । उत्तरी भेनेजुएलामा लगातार गएका दुई शक्तिशाली भूकम्पमा परी

लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज

काठमाडौं । आज लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस